Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नेपालबाट यसरी हेर्नुहोस् सूर्य ग्रहणको लाइभ

Posted on October 25, 2022

काठमाडौं । नेपालमा मंगलबार अपराह्न ४:५२ बजेदेखि सूर्य ग्रहण लाग्दैछ । करिब ३२ मिनेटसम्म रहने यो ग्रहण अपराह्न ५:२५ मा समाप्त हुनेछ । नेपालका पहाडी भेगबाट सूर्य ग्रहण देख्न सकिने नेपाल एस्ट्रोनिमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

सूर्य ग्रहण नाङ्गो आँखाले हेर्न नहुने थुप्रै वैज्ञानिक कारण रहेका छन् । चर्को घाम लागेको बेला सोझै सूर्यमा हेर्नु हाम्रो आँखाका लागि हानिकारक हुन्छ । सूर्यबाट आएको चर्को प्रकाशलाई नाङ्गो आँखाले हेर्दा हाम्रो आँखामा भएको रेन्सले उक्त प्रकाशको किरणलाई कन्भर्ज (एउटै ठाउँमा केन्द्रित गर्ने) गर्छ । जसले गर्दा हाम्रो रेटिना बिग्रिनसक्छ ।

खण्डग्रास सूर्य ग्रहण विभिन्न उपकरणका माध्यमबाट भने हेर्न मिल्छ । यदि तपाईँसँग सोलार फिल्टर, टेलिस्कोप जस्ता उपकरण नभएको अवस्थामा सूर्य ग्रहण नहेर्नु नै उपयुक्त हुन्छ ।

नेपालबाट नासोले खण्डग्रास सूर्यग्रहणको लाइभ देखाउने भएको छ । टेकपानासँग कुरा गर्दै नासोका अध्यक्ष सुरेश भट्टराईले उक्त लाइभस्ट्रिमिङ एभीन्युज टिभी र नासोको युट्युब च्यानलबाट हेर्न सकिने जानकारी दिए ।

नासोको युट्युव च्यानलबाट लाइभ हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

Post Views: 74

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme