Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

निर्देशक सन्तोष सेनप्रति दीपकराज गिरीको आक्रोश – सबैलाई सिध्याएर एक्लै राज गर्ने हो ?

Posted on September 20, 2022

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनप्रति आक्रोश व्यक्त गरेका छन् । सरोज खनालले ‘प्रेम गीत’ निर्माणको समयमा प्रदीप खड्काले हिरोको भूमिका निर्वाह गर्न सक्तैनन् होला अरुलाई ल्याउनु पर्छ भनेर सन्तोषले भन्दा उनलाई आफूले रोकेको बताएका थिए ।

सरोजको उक्त भनाइ आएपछि सन्तोषले आफूसँग ‘प्रेम गीत’ निर्माणको समयमा दोहोरो बोलचाल समेत नभएको भन्दै यस्तो कुरा गर्न सरोजजस्तो अग्रज कलाकारले नसुहाउने अभिव्यक्ति दिएका थिए । सन्तोषले सरोजलाई कलाकारहरुमा अमेरिकामा भागेर बस्ने ट्रेन्ड बसाउने नायक भनेर टिप्पणी गरेका थिए ।

सोही विषयमा दीपकको पछिल्लो प्रतिक्रिया आएको हो । दीपकले भुवन केसी, अनमोल केसी, झरना थापा र आफूसँगै अब सरोजलगायत अन्य कलाकारलाई पनि सन्तोषले गाली गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

“…अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ ! यो लिष्ट निक्कै लामो हुँदै छ, दिनप्रतिदिन । सबैलाइ गाली गरेरै फिल्म चलाउने हो ?,” दीपक प्रश्न गर्छन्, “यति राम्रो हाइप हुँदाहुँदै के गरेको यो ?”

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका चलचित्रकर्मीलाई गाली गर्न लगाएको पनि उनको आरोप छ । “सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ?,” दीपक सन्तोषलाई प्रश्न गर्छन्, “घर नै नरहे कहाँ बस्छौ साथी ?”

उनले ‘प्रेम गीत–३’को हिन्दी डबलाई नियम अनुसार कर तिर्न सुझाव दिँदै राम्रो कामका लागि नेपाली भाषाको चलचित्रमा छुट माग्न पनि सुझाव दिएका छन् ।

आफूलाई पनि गाली गर्ने सम्भावना रहेको भन्दै दीपक अन्याय सहेर भने नबस्ने बताउँछन् । “हरेक दिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी । तपाईको फिल्म चल्दा हामी कसैको बेफाइदा छैन । तपाईंको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ, फाइदा नै छ,” उनी अगाडि थप्छन्, “सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौँ । होइन भने एकले अर्कोलाई नसकौँ ।”

Post Views: 72

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme