Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बक्स अफिसमा चम्कियो के घर के डेरा !कति कमायो ?

Posted on October 26, 2022

शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘के घर के डेरा’ले रिलिजको पाँचौ दिन पनि दर्शकको बम्पर साथ पाइरहँदा आजैबाट रिलिजमा आएको बलिउड फिल्म ‘थ्यांक गड’ भने औषत प्रतिक्रियामा अड्किएको छ ।

अजय देवगण, सिद्धार्थ मल्होत्रा र राकुल प्रितको मुख्य भूमिका रहेको यो फिल्मलाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । यसैले, यसले नेपालमा गतिलो व्यापार गर्ने संभावना छैन । अर्को हिन्दी फिल्म ‘राम सेतु’लाई त नेपाली वितरकले नेपाल भित्राएनन् । भारतमा पनि यो फिल्मले खराब समीक्षा पाइरहेको छ ।

शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘के घर के डेरा’लाई मिश्रित समीक्षा पाएपनि दर्शकको उपस्थिती आज उल्लेख्य देखिएको छ । काठमाडौं लगायत देशभरका अधिकांश हलमा दर्शकको चाप उच्च अकुपेन्सीमा देखिएपछि निर्देशक दीपेन्द्र के खनाल पनि खुशी देखिएका छन् । उनले भने–‘आज त बक्स अफिसमा आगो लागेको छ भन्दा पनि हुन्छ । दर्शकले फिल्म हेरेर रुचाउनु भएको छ । परिवारसहित हलमा दर्शक पुगेको पाएको छु ।’

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मले घर र डेरामा बस्नेहरुको समस्या भन्छ । तर, फिल्म घर र डेरामा बस्नेहरुको कथाबाट केही बहकिदै दया र विपिनविचको घरको लडाइमा बढी केन्द्रित छ ।

तर, फिल्ममा समावेश संवादले भने दर्शकलाई अन्तिमसँग हसाएको छ । हलमा पुगेका अधिकांश दर्शकहरु विपिन कार्कीको संवादमा बढी रमाएको पाइयो । असोज महिनासम्म ५ वटा फिल्म चलेका थिए । कार्तिकको पहिलो सातामै दर्शकले ‘के घर के डेरा’मा मन बनाएपछि नेपाली फिल्मका लागि यो बर्ष सुखद हुने देखिन्छ ।

Post Views: 44

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme