दुवैले आपसी समझदारी र सहमतिमै सम्बन्ध टुंग्याउन लागेको बताए । यद्यपि, सम्बन्धविच्छेदका लागि जेरीभन्दा शंकरको बढी रुची रहेको सो वार्तालापबाट बुझ्न सकिन्थ्यो । सम्बन्धविच्छेको समाचार फैलिएसँगै खासगरि शंकरमाथि नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । जेरीले यसलाई लिएर दु:ख व्यक्त गरिन् ।
आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् । आफ्ना फ्यान र शुभचिन्तकहरूलाई थप दु:खी तुल्याउने गरी जेरीले नयाँ खुलासा पनि गरिन् । उनले डिभोर्सपछि आफू विदेशिने सोचमा रहेको बताइन् । ‘म वा उहाँमध्ये एकजना विदेश जाने निश्चित छ,’ जेरीले भनिन्, ‘सायद म नै जान्छु होला ।’
जेरीको सहारामा शंकरले आफूलाई दोहोरीमा स्थापित गराएको भनेर आएका कमेन्टहरूप्रति पनि सरगमले जिज्ञासा राखेका थिए । शंकरले त्यसलाई स्वीकार गरेनन् । उनले भने, ‘कसैको सहाराले मात्र सफल भइन्छ भन्ने गलत हो । आफ्नो क्षमता पनि चाहिन्छ । मेरो कारणले पनि उहाँलाई केही हेल्प भयो होला ।’ जेरीले पनि आफूहरू दुवैले एक-अर्काको सपोर्ट पाएको बताइन् ।
हाम्रो केस अदालतमा गइसके पनि फाइनल भइसकेको छैन । तिहारपछि प्रक्रिया टुंगिन्छ । श्रीमान्-श्रीमतीको सम्बन्ध अब नरहला । धेरै सोचेर अगाडि बढेका हौं । समय सधैँ एकनास नहुँदो रहेनछ । हामीबीच व्यक्तिगतरूपमा भन्दा केही दुश्मनी छैन । हिजो हामीलाई मन पराइदिनुभएको थियो भने भोलिको दिनमा पनि सहकार्य नहोला भन्न सकिन्न ।
श्रीमान्-श्रीमतीको सम्बन्ध सल्लाहमा टुंग्याउने प्रक्रियामा छौं । भइरहेको सम्बन्ध टुंग्याउँदा खुसी त भइँदैन । छोरीको कुरा पनि छ । छोरी पाँच वर्ष नपुगेसम्म कानूनीरुपमा आमासँगै रहने हो । भोलि जोसँग पनि हुन सक्छ ।