Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कति कमाउनेले चढ्न सक्छन् नेपालमा कार ?

Posted on October 27, 2022

काठमाडौं । नेपालमा गाडी चढ्न मासिक कति कमाई भए पुग्ला भन्ने धेरै मानिसमा चासो हुने गरेको छ । सरकारले विलासी बस्तुको सूचीमा राखेर कर लगाउँदै आएको कारण उपभोक्ताले महंगो मूल्य तिर्नु पर्ने हुन्छ ।

अहिले भारतबाट ५ लाख भारतीय रुपैयाँमा किनेर ल्याएको गाडीलाई नेपालमा २५ लाख रुपैयाँभन्दा माथि तिर्नु पर्ने अवस्था छ । सरकारले ८० प्रतिशत भन्सार, ६० देखि ११० प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ७ देखि १० प्रतिशत सडक निर्माण करमा ब्यापारीको नाफा जोडर मूल्य निर्धारण हुने भएकोले मूल्य महंगो पर्न गएको हो ।

अहिले बजारमा निकै कम मूल्यमा पाइने कारको लागि २२ लाख तिर्नुपर्छ । यदि तपाईले २२ लाख मूल्यको गाडी किन्नु पर्ने अवस्थामा हुनुहुन्छ भने सजिलोको लागि हामी २२ लाख मूल्यको गाडी किन्ने मानिसले कति रकम जम्मा गर्नुपर्छ भन्ने विषयमा हिसाव निकालेका छौं ।

डाउन पेमेन्ट

गाडी किन्ने ब्यक्तिले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । यदि २२ लाखको गाडी खरिद गर्ने हो भने डाउन पेमेन्ट वापत चाहिने ११ लाख रुपैयाँ सुरुमा जम्मा गर्नुपर्छ ।

कम्बस्चन गाडीमा अधिकांश कम्पनीले एक वर्षको बीमा र एक वर्षको वार्षिक कर दिने भएको कारण कर्जा प्रोसेसिङ गर्न लाग्ने खर्च मात्रै ग्राहकले तिर्दा पुग्छ । त्यसपछि बाँकी रहेको रकम ११ लाख रुपैयाँ कर्जा बनाउनु पर्छ ।

कर्जा लिँदा स्रोत खुल्ने कमाई

५० प्रतिशत डाउन पेमेन्टपछि बाँकी ५० प्रतिशत रकम कर्जा सुविधा पाइन्छ । कर्जा लिनको लागि मासिक किस्ताको दोब्बर आम्दानी खुल्ने कागज पत्र अनिर्वाय पेश गर्नु पर्ने हुन्छ ।

अहिले कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारी छ । अहिलेको ब्याजदरमा ११ लाख कर्जा लिएर गाडी किन्दा मासिक किस्ता २१ हजार ३०० हाराहारी तिर्नुपर्छ । यसको मतलव गाडी किन्ने मानिसको मासिक कमाई त्यसको दोब्बरभन्दा माथि हुनु पर्छ । त्यो भनेको कम्तीमा मासिक ४३ हजार रुपैयाँ कमाई हुनुपर्छ ।

ब्याज बापत कति रकम तिर्नु पर्ला ?

सामान्यतया कम मूल्यमा गाडीको आवश्यकता पुरा गर्ने मानिसले ७ वर्षे कर्जा लिएर गाडी किन्दा तिर्ने ब्याजको भार कति पर्ला भन्ने विषयमा सोच्नै पर्छ । अहिलेको १५ प्रतिशतको ब्याजदर कायम भइरहने हो भने पहिलो वर्ष १ लाख ५८ ५६८ रुपैयाँ ब्याजवापत भुक्तानी गर्नु पर्छ । त्यसपछि क्रमशः ब्याज वापत तिर्ने रकम घट्दै जाने भएकोले ७ वर्ष भित्र ६ लाख ८२ हजार ९९१ रुपैयाँ ब्याज भुक्तानी गर्नु पर्ने हुन्छ ।

त्यसैले सुरुमा डाउन पेमेन्ट वापतको रकम जम्मा गर्नु पर्छ । त्यसपछि आयस्रोत खुल्ने कागज पत्र चाहिन्छ । साथै, रेगुलर हिसाव किताव दुरुस्त राख्न मासिक खर्चको हिसाव निकालेर मात्रै गाडी किन्नु पर्छ । गाडीको किस्तापछि पनि पेट्रोल, मर्मतसम्भार जस्ता खर्च उपभोक्ताले गर्नु पर्ने हुन्छ ।

Post Views: 118

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme