Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दशैंमा मोटरसाइकल किन्नेहरुको लागि खुसीको खबर : यति सस्तोमा आयो NS 125

Posted on September 20, 2022

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ । यहि भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

देशका मुख्य शहरहरूमा भएको यस लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टीका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुति रहेको थियो । यसै गरी नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सरको एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५मा दिएको छ । पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

एनएस १२५ नेपालभर रहेको बजाजको शोरुमबाट बुकिङ गर्न सकिने तथा केही समय पश्चात डेलिभरी पनि शुरु गरिने कम्पनीले जनाएको छ ।

Post Views: 51

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme