Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भाइटीकाको दिन सधैं मन चसक्क हुन्छ पूजाको, हरेक तिहारमा रुने गर्छिन् धुरुधुरु !

Posted on October 27, 2022

काठमाडौँ – हामी नेपालीको दसैँपछिको ठूलो पर्व हो तिहार । जताततै झिलिमिली बत्ती बालिने भएकाले तिहारलाई उज्यालोको पर्व समेत भन्ने गरिन्छ । सेलरोटी, मिठाई, फलफूलका साथ दिदीभाइ र दाजुबहिनीबीचको आत्मीयता साटासाट गर्ने यो पर्वले हरेकको मनमा खुसीको माहोल छरेर जान्छ । तर, नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री पूजा शर्माका लागि भने हरेक तिहारले पीडा मात्र दिन्छ । कारण हो– दाजुभाइको अभाव ।

‘मेरो आफ्नै दाजुभाइ छैनन् । यो अभावले हरेक तिहार खल्लो लाग्छ,’ पूजाले भनिन्, ‘दाजुभाइ नभएको पीडा अन्य समय त्यति हुँदैन, भाइटीकाको दिनभने मन चसक्क गर्दाे रहेछ ।’ दाजुभाइ नभएको पीडाले हरेक तिहारले आफूलाई रुवाउने उनले सुनाइन् ।

तिहार उनको फेबरेट पर्व हो । यमपञ्चकको पहिलो दिनदेखि नै उनी उत्साहित हुन्छिन् । घर सरसफाइदेखि सजावटसम्म गरेर हर्षोल्लासका साथ उनले तिहारलाई स्वागत गर्छिन् । ‘तिहारमा जताततै आकर्षक वातावरण देखिन्छ, पोजेटिभ भाइब्स फिल हुन्छ । यो रमण्ीाय वातावरणमा कता–कता हराउन पुग्छु,’ उनी भन्छिन्, ‘भाइटीका नजिकिँदै गर्दा भने दाजुभाइ नभएको फिल हुन थाल्छ ।’

भाइ टिक्दैनन्

बाल्यकालमा पूजालाई दाजुभाइ भए वा नभएको मतलव हुँदैनथ्यो । त्यो समय उनलाई आफूले भनेजस्तो भए र खेल्न पाए पुग्थ्यो । जब उनी बुझ्ने भइन्, तब उनलाई दाजुभाइको महत्त्व र अभाव महसुस हुन थाल्यो ।

त्यसो त उनले सानैदेखि कहिले मामाको छोरा, कहिले दाजुभाइ पर्नेहरुलाई टीका लगाइदिन्थिन् । सानोमा यसरी आफन्तलाई टीका लगाइदिँदा उनलाई सामान्य लाग्थ्यो, यो गर्नुपर्ने कर्म हो र गरेँ जस्तो । बिस्तारै उनको मनले खोज्न थाल्यो– भाइटीकाले बढाउने भावनात्मक सम्बन्ध । भाइटीका दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व हो भन्ने बुझेपछि उनलाई एक प्रकारको रित्तोपन आभास हुन थाल्यो ।

तैपनि उनले हरेक वर्ष कोही कसैलाई टीका लगाएकै हुन्थिन् तर उनले अघिल्लो वर्ष टीका लगाएको व्यक्ति त्यसपछि बिस्तारै टाढा हुन पुग्थे । के कारणले ती व्यक्ति टाढा हुन पुग्थे भन्ने उनलाई थाहा हुँदैनथ्यो । परिवारको करबाट उनले अर्काेलाई टीका लगाउनुपथ्र्याे । यसरी उनले वर्षैपिच्छे भाइ फेर्दा पीडा हुन थाल्यो ।

हरेक वर्ष एउटै व्यक्तिलाई टीका लगाउन नपाएपछि भाइ नफापेको हो कि जस्तो उनलाई लाग्न थाल्यो । ‘जसलाई भाइ बनायो, त्यो केही वर्ष पनि टिक्दैनथ्यो’ उनी भन्छिन्, ‘भाइको भावनात्मक सम्बन्ध बनाउन खोज्यो, पीडा मात्र मिल्थ्यो ।’ प्रत्येक वर्ष भाइ फेर्नुभन्दा रानीपोखरीमा टीका लगाउन उनले सोचिन्, जहाँ भाइ नहुनेलाई भाइटीका लगाइन्थ्यो । ०७२ अगाडिको केही वर्ष उनले रानीपोखरीमा सामूहिक भाइटीका लगाइन् । ०७२ को भूकम्पपछि रानीपोखरीमा सामूहिक भाइटीका आयोजना भएन । ‘त्यसपछि फेरि मेरो मन म¥यो । मलाई भाइ नै फाप्दैनरहेछ भन्ने लाग्यो,’ उनी भन्छिन् ।

अभिषेकलाई भाइटीका

पूजा पछिल्लो तीन वर्षयता अभिनेता अभिषेक श्रेष्ठलाई पूजाले भाइटीका लगाइदिँदै आएकी छन् । यो टीका उनीहरुको चौथो भाइटीका हुनेछ । अभिषेक र पूजाको भेट एक फिल्मी प्रोजेक्टको सिलसिलामा चार वर्षअघि भएको थियो । फिल्मको कामको सिलसिलामा उनीहरु दैनिक भेट्थे । उनीहरुको विचार पनि मिल्थ्यो । ‘तिहार नजिकिँदै थियो । उहाँको भाइ नभएको अनि मेरो दिदी नभएको कुरो निस्कियो,’ अभिषेक भन्छन्, ‘हामीले कामको साथसाथै भाइटीका लगाउने योजना बनायौँ । त्यो बेलादेखि दिदीभाइका रूपमा भाइटीका लगाउँदै आएका छौँ ।’

दाजुभाइको प्रश्नमा पीडा

दाजुभाइ नभएको विषयमा बाल्यकालमा पूजाले आमासँग अनेक प्रश्न गर्थिन् । आमाले पनि केही न केही बहानामा टार्थिन् । जब बुझ्ने भइन्, तब उनले आमाको पीडा बुझिन् । पूजाले दाजुभाइबारे सोध्दा उनकी आमालाई छोरा नभएको महसुस हुँदो रहेछ । पूजा भन्छिन्, ‘आमाको पीडा महसुस भएपछि मैले आमासँग दाजुभाइको प्रश्न कहिल्यै गरिनँ ।’

अर्कोतिर उनले समाजको प्रश्न खेपिरहनुपर्छ– दाजभाइ छन् कि छैनन् ? दाजुभाइ कति जना ? को हुन् तिम्रा दाजुभाइ ?’ अचेल आफूलाई यी प्रश्नले समेत पीडा पुग्ने उनी बताउँछिन् ।

Post Views: 45

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme