Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

लक्ष्मीपूजाको राति प्रियंका कार्कीको घरमा चोरी हुनुको रहस्य खुल्यो !

Posted on October 28, 2022

नायिका प्रियंका कार्कीको घरमा लक्ष्मीपूजाको राति चोरी हुनुुको रहस्य खुलेको छ । नेपाल प्रहरीको अनुुसन्धानपछि उनको घरमा चोरी हुुनुुमा कार्कीको पनि हात रहेको खुलेको छ ।

तिहारको दिन भैसेपाटीस्थित उनको घरबाट ३० हजार रुपैयाँ र ५ तोला सुनको गहना चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको हो।

परिसरका एसपी सुधिरराज शाहीका अनुसार प्रियंकाको परिवार डिनरका लागि बाहिर गएको समयमा शौचालयको भेन्टिलेसनको सिसा फुटा’एर चोर घरभित्र पसेको हो। चोरीमा संलग्नको खोजी भइरहेको उनले जानकारी दिए।

कार्कीले आफ्नो ‘प्रियंका कार्की’ नामक युट्युब च्यानलमार्फत आफ्नो दैनिक गतिविधिको बारेमा अपडेट गरारहेकी हुन्थिन्। आफ्नो युट्युब च्यानलमा मात्र नभएर अन्य युट्युब च्यानलमा दिएको अन्तरवार्तामा समेत उनले घरको चाबीको बारेमा बताएकी थिइन्।

आजभोलि हरेक कलाकारको युट्युब च्यानल छ। खोलेका च्यालनमा कतिले गीतसंगीत मात्र अपलोड गर्छन् भने ‘भ्लग’को नाममा कतिले आफ्नो दैनिक गतिविधि पनि देखाउँछन्।

उनीहरूले जानाजान वा अञ्जानमा आफ्नो निजी जीवन सार्वजनिक गरिरहेका हुन्छन्। यसरी दैनिक गतिविधि र घरका गोप्य स्थान युट्युबभरी छरपस्ट पार्दा त्यसले अपराधी र चोरहरूका लागि सजिलो हुने प्रहरी बताउँछ।

प्रहरीले आफ्नो दैनिक गतिविधिको पलपलको अपडेट सामाजिक सञ्जालमा नगर्न र घरबाहिर निस्कँदा झ्यालढोका राम्रोसँग लगाउन आग्रह गर्दै आएको छ। तर, त्यसका बावजुद पनि चाडबाडमा चोरीका घटनाहरूमा वृद्धि भइरहेका नै छन्।

Post Views: 103

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme