हाल अहिले टिकटक एप हरकोहीको मोवाईल हुने गरेको छ र हरेक किसिमको भिडियो हेर्न पाइन्छ, गर्वको कुरा अहिलेका जल्दा-बल्दा सोसल मिडियाको टिकटक सामाजिक सञ्जालमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने महान छोरी (चेली) गिभिना मगर हुन् ।
उनी पोखरामा बसोबास गर्ने २४ वर्षिय पेशागत रूपमा उनि शिक्षिका पनि हुन। आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका तथा रोगी बिरामीहरुलाई हस्पिटलमा समेत गएर आर्थिक सहयोग गर्ने देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ।
टिकटकमा हामीले अनेकौ भिडियोहरु हेर्छौ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण बनेकी छिन गिभिना ।