Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

तिहारमा एक्लै भए अनमोल, कोसँग लगाए भाइटिका ?

Posted on October 28, 2022

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रका सफल नायक अनमोल केसीले तिहारको अन्तिम दिन भाइटिका लगाएका छन् । उनले, आफ्नो काकाकी छोरीसँग भाइटिका लगाएका हुन् । उनले बहिनी प्रान्सु केसीसँग सिनामंगलमा भाइटिका लगाएका छन् ।

अनमोलको भाइटिकाका क्रममा ठूलो परिवार जम्मा हुने गर्दथ्यो । तर, यसपटक उनका पिता भूवन केसी अमेरिकामा छन् । यस्तै, दिदी काजोल पनि अमेरिकाबाट नआएका कारण अनमोलले प्रान्सुसँग मात्र टिका लगाएका हुन् ।

अनमोलले अर्की बहिनी रुबीसँग पनि भाइटिका लगाउँदै आएका थिए । तर, रुवी पनि अष्ट्रेलिया भएका कारण यसपटक अनमोलको भाइटिकामा ठूलो चहलपहल भएन । कामको कुरा गर्नुपर्दा अनमोल चलचित्र ‘छड्के २’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन सकिए लगतै उनले अर्को चलचित्र ‘जेरी २’मा काम गर्नेछन् ।

नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यस पर्वलाई धुमधामका साथ मनाएका छन्। नायिका केकी अधिकारीले आफ्नो दाजुभाइसँग टीकापछिको रमाइलो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। बिहेपछिको यो उनको पहिलो भाइटीका हो।

नायिका वर्षा राउतले पनि आफ्ना भाइहरु कौशल राउत र सफल राउतसँग भाइटीका लगाएको फोटो इन्स्टामा सेयर गरेकी छिन्। निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर आफ्नो दाजुभाइलाई टीका लगाइदिएकी छिन्। निरौलाले भाइटीकाका सटहरु फेसबुकमा सेयर गरेकी छिन्।

नायक अनमोल केसीले आफ्नी काकाकी छोरी प्रिन्सु केसीसँग सिनामंगलमा टिका लगाएका छन्। चुनावी दौडमा रहेकी नायिका रेखा थापाले मोरङमै टीका लगाएकी छिन्। उनले आफ्नो फोटोहरु फेसबुकमा सेयर गरेकी छिन्।

निर्देशक दीपकराज गिरीले पनि आफ्नो भाइटीकालाई सामाजिक सञ्जालमा सेयर गरेका छन्। गायक प्रमोद खरेलले पनि आफ्नो भाइटीकालाई फेसबुकमा सेयर गरेका छन्।

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme