Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप लामिछानेसँग पाँच देशको भिसा

Posted on September 20, 2022

राष्ट्रिय क्रिकेट टीमबाट निलम्बनमा परेका सन्दीप लामिछानेसँग पाँच देशको भिसा रहेको खुलेको छ ।सन्दीपविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनीमाथि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार लामिछानेसँग पाँच देशको भिसा छ । नाम गोप्य राखिदिने सर्तमा ती अधिकृतले केटिएम दैनिकसँग भने, ‘उनीसँग इंग्ल्याण्ड, अमेरिका, अष्ट्रेलिया र मलेसियासहित ५ मुलुकको भिसा रहेको अनुसन्धानमा खुलेको छ ।’

भदौ ५ गते क्लोज क्याम्पमा काठमाडौँको एक फाइभ स्टार होटेलमा रहेका सन्दीप घर जाने भन्दै त्यहाँबाट बिदा भएर आफ्नो बा**च ४४४४ नम्बरको सेतो रंङ्गको निशान एक्स-ट्रायल गाडी लिएर ती नाबालिकालाई भेट्न पुरानो बानेश्वर पुगेका थिए ।

लामिछानेले पुरानो बानेश्वरबाट बालिकालाई गाडीको अगाडिको सिटमा राखेर भित्री बाटोबाट सिनामंगल, कोटेश्वर हुँदै नगरकोट पुर्‍याएका थिए । बोजिनी नगरकोट रिसोर्टमा बेलुका ८:३० बजेको समयमा एक किशोरीसँग सन्दीप त्यहाँ पुगेको उक्त रेसोर्टले पुष्टि गरिसकेको छ ।

ती नाबालिकालाई मादक पदार्थ अफर गरेका लामिछानेले बालिकाले इन्कार गरेर जसरी पनि काठमाडौं जाने बताएपछि त्यहाँबाट ११ बजे निस्किएको र होटेलको बिल फोनपे मार्फत भुक्तानी गरेको समाचार यसअगाडि केटिएम दैनिकमा प्रकाशित भइसकेको छ ।त्यहाँबाट काठमाडौंको पिङ्गलास्थान नजिकको एक होटलमा ल्याएर लामिछानेले ती युवतीलाई पटक पटक करणी गरेको बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

लामिछानेविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ भने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका लामिछाने अहिले कहाँ छन् सवैतिर चासोको विषय बनेको छ । लामिछाने त्यहाँबाट हिँडेको अपुष्ट खबर भएतापनि उनी कहाँ छन् भन्ने प्रश्नको उत्तर न नेपाल प्रहरीसँग छ भने न त क्यानका पदाधिकारीहरूसँग ।क्यानले निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत आफू चाँडै नेपाल फर्कने बताएका लामिछाने विदेशमा कुनै देशमा लुकेको हुनसक्ने आशंका हुन थालेको छ ।

Post Views: 46

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme