Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बलिउडमा अर्को शोक, चर्चित यी निर्देशकको निधन

Posted on October 28, 2022

मुम्बई, ११ कात्तिक:फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा पत्नी र दुई छोरा छन् ।

शिव अभिनेता विनोद खन्नालाई फिल्ममा अभिनेताका रुपमा अनुबन्ध गराउने पहिलो निर्देशकका रुपमा चिनिन्छन् । उनले विन्दु दारा सिंहलाई पनि फिल्ममा सार्वजनिक गरेका थिए ।

शिवकुमारले ‘मिट्टी और सोना’, ‘फस्ट लव लेटर’, ‘बदनाम’, ‘बदनसीब’, ‘बेगुनाह’, ‘जालसाज’, ‘बेआबरू’, ‘सोने की जंजीर’, ‘इंतकाम की आग’ जस्ता फिल्म निर्देशन गरेका थिए । यीबाहेक ‘दगाबाज’, ‘हम तुम और वह’, ‘अंग से अंग लगाए’ जस्ता फिल्म निर्माण गरेका थिए ।

शिवले आफ्नो ३५ वर्षे फिल्मी करिरयरमा ठूला स्टारसँग काम गरे । विनोदलाई अधिकांश फिल्ममा भिलेनको भूमिकामा अफर आइरहँदा शिवले नै पहिलोपटक उनलाई आफ्नो फिल्ममा हिरोको भूमिकामा अनुबन्ध गरेका थिए ।

Post Views: 25

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme