Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

तिहारको टिकाकै दिन घरमा नै बेहोस भएका वडा अध्यक्षको निधन!

Posted on October 28, 2022

गोरखा -कात्तिक नेकपा एमालेवाट निर्वाचित गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।भाइटीकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार घर मा नै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पतालमा पुर्‍याइएको थियो ।गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न नसके जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एमाले निकट युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यो पनि, बरिष्ठ पत्रकार पाण्डेको निधन हेटौडा, ११ कात्तिक- हेटौंडाका वरिस्ठ कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा–४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो ।

उनको लिभर सिरोसिसको कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो । उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन । पत्रकार महासंघ, मकवानपुरका पुर्व अध्यक्ष पाण्डे हेटौडावाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिकलगायतको पत्रिकाको सम्पादनको भुमिकामा रहेका थिए ।

Post Views: 44

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme