Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सलोन बस्नेतको बिहे : चन्द्रागिरिमा मेहेन्दी, पातले वनमा विवाह र पाँचतारेमा रिसेप्सन

Posted on October 28, 2022

काठमाडौं । फिल्म निर्देशक शोभित बस्नेता आफ्ना छोरा एवं अभिनेता सलोन बस्नेतको विवाह धूमधामले गर्ने योजनामा छन् । सोमबार काठमाडौंमा सलोन अभिनित फिल्म ‘मीलन’को पत्रकार सम्मेलनमा शोभितले सलोनका विवाह योजना सुनाउनेदेखि उनलाई कटाक्ष गर्न समेत भ्याए ।

यतिबेला सलोनको विवाहका लागि बस्नेत परिवारले मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ । वैवाहिक कार्यक्रम मंसिर १२ गते हुनेछ ।

उक्त जमघटमा शोभित र सलोन दुवैले वैवाहिक कार्यक्रमबारे जानकारी गराए । मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ ।

सलोनले प्रेमिका करिश्मा केसीसँग विवाह गर्दैछन् । यतिबेला विवाहको तारतम्य मिलाउनेदेखि निम्तो गर्नेसम्मको काममा बस्नेत परिवारलाई भ्याइनभ्याइ छ । सलोनलाई विवाहसँगै फिल्म प्रचारको समेत चटारो छ ।

पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गरेपनि उनको मार्केट डाउन नहुने भन्दै कटाक्ष गरे । सलोनले बिहे गर्दा आफूलाई बुढो भएको टेन्सन भन्दै उनले ठट्टा समेत गरे ।

कामको कुरा गर्दा चुनावपछि शोभितले अस्ट्रेलियाली गैरआवासीय नेपालीसँग मिलेर एक लभस्टोरी फिल्म बनाउँदैछन्, जसमा सलोनसहित केही नयाँ कलाकार प्रमुख भूमिकामा हुनेछन् । तिहारलगत्तै सलोनलाई लिएर शोभित उक्त फिल्मको ‘लोकेसन हन्टिङ’का लागि हिमालपारिको जिल्ला मनाङमा जाने तयारीमा छन् ।

Post Views: 60

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme