काठमाडौं । यदि तपाईं सामाजिक सञ्जाल, विशेष गरी इन्स्टाग्राममा सक्रिय हुनुहुन्छ भने, तपाईंले सडकमा गुलाफ बेच्ने कालो छाला भएकी केटीको भिडियो हेर्नुभएको हुनुपर्छ ।
सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल भइरहेको छ, जसमा उनी सडकमा मानिसलाई फूल बेचिरहेकी छिन् । यसबाहेक एउटा भिडियोमा उनी भारतको झण्डा बोकेर सडकको छेउमा उभिएकी छिन् ।
भिडियो भाइरल भएपछि मानिसहरूले भावुक बने । उनको मुस्कान देखेर मानिसहरु मोहित भए । सबैले उनलाई फूल बिक्रेता मान्न थाले । भिडियो वास्तविक भएको भन्दै शेयर पनि हुँदैछ ।
तर भाइरल भएपछि युवतीको ‘सत्य’ बाहिर आएको छ । ती युवती फूल बिक्रेता नभई इन्स्टाग्राम इन्फ्लुन्सर हुन् । सडक छेउमा फूल बेच्ने केटी जसलाई मानिसहरूले साँचो मानेका थिए, वास्तवमा ती एक मोडल हुन् । मोडलको नाम अंशा मोहन हो ।
मोडलको बारेमा थाहा पाउने बित्तिकै मानिसहरूले अंशले सस्तो लोकप्रियताका लागि भिडियो बनाएको आरोप लगाए । इन्स्टाग्राममा चर्चित हुनका लागि उनले आफ्नो छालाको रङ कालो गराएको पनि धेरैको आरोप छ ।
फोटो क्रेडिट- Ansha Mohan Instagram
मानिसहरु गरिबी र छालाको रंगलाई केही लाइकको लागी मजाक उडाएको भन्दै केही व्यक्ति रिसाएका छन् । अहिले मानिसहरूले अंशालाई ट्रोल गरिरहेका छन् । लाइकपाउने अरू धेरै तरिकाहरू भएको भन्दै गरिबी किन प्रयोग गरेको भन्दै भड्केका हुन् ।
लाइकका लागि कसैको गरिबी र रंगको मजाक बनाउन नहुने धेरैको बुझाई रहेको छ । गरीब देखिनका लागि आफ्नो छालाको रङ कालो बनाउने उनलाई वास्तविक संघर्ष थाहा नभएको भन्दै आलोचना गरिएको छ ।
उनको यो तरिका मानिसहरूलाई मन परेन् । ट्विटरदेखि इन्स्टासम्म मानिसहरूले अंशाको विरोध गर्दैछन् । उनलाई इन्स्टाग्राममा लाखौंले फलो गरेका छन् । अंशालाई इन्स्टाग्राममा ३ लाखभन्दा बढीले फलो गर्छन् । यो सम्पूर्ण प्रकरणका बारेमा तपाई के सोच्नुहुन्छ ? आफ्नो विचार राख्न सक्नुहुन्छ ।