काठमाडौं । गायिका समिक्षा अधिकारीले भर्खरै मात्र आफ्नो टिकटक भिडियोमा पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ ।
स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कलाकार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफेक्ट चलाउँ छिन् । त्यस क्रममा अधिकांश चलेका कलाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ ।
अन्तिममा अभिनेता पल शाहको तस्वीर रोकिन्छ । तपाई पल शाह जस्तो देखिनुहुन्छ भन्ने त्यो इफेक्टको ठम्याई थियो । त्यसपछि समिक्षाले आफू चकित भएको जस्तो रियाक्शन दिन्छिन् । मुसुक्क हास्छिन्पनि । पल शाहलाई जिस्क्याए जस्तो रियाक्टपनि उनको आउँछ ।
यो र्याण्डम नेपाली एक्टर्सबाट आउँछ । पल शाह नै आएपछि उनले त्यो भिडियो पब्लिक नगर्नपनि सक्थिन् । तर लाईभ रियाक्शन सहित उनले त्यो भिडियो टिकटकमा पोष्ट गरिदिइन् ।
त्यसपछि कमेण्टमा गाली र ताली दुबैको ओइरो लाग्न थाल्छ । गाली गरेका कमेण्टहरु फटाफट डिलिट गरेर समिक्षाले कमेण्ट लिमिट गरिदिइन् ।
राखिएका १६ वटा कमेण्टमा लभ यू वोथ बन्ने र केही सांकेतिक मात्र छन् । उनले यो भिडियो यो समाचार तयार पार्दा भन्दा दुई दिन पहिले अपलोड गरेकी हुन् । अपलोड***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस*** गरेको दुई दिनमा नै ४.१ एम भ्यूज आइसकेको छ ।
यसले समिक्षाले अझैपनि पललाई विर्सिन सकेकी छैनन् भन्ने देखिन्छ । पल र समिक्षाले धेरै वटा गीत सँगै गरेका छन् । समिक्षाले गायका केही गीतमा पलले मोडलिङ गरेका छन् ।
समिक्षाले गीतमा स्वर भर्नुका साथै केहीमा आफै अभिनय समेत गरेकी छिन् । पल शाह अहिले सार्वजनिक अपराध को कसूरमा जेल जीवन विताइरहेका छन् । समिक्षा फेरी सांगीतिक दुनियाँमा फर्किदै छिन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***