Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भाइटीकामा कुकुरले टीका लगाइदिएको भिडियो भाइरल !

Posted on October 28, 2022

बिहीबार देशभर भाइटीका मनाइएको छ । तिहारको अन्तिम दिन हिजो बिहीबार भाइटीका लगाएर मनाइदा केही रोचक दृश्यहरु पनि सार्वजनिक भए । वास्तवमा यम पञ्चकको अन्तिम दिन भगवान सूर्यका छोरा यमराजलाई बहिनी यमुनाले टीका लगाएर दीर्घायुको आशिर्वाद दिएको स्मरणमा भाइटीका मनाउने गरिन्छ ।

तर, पछिल्लो समय भाइटीका दिदीभाइ-दाजुबहिनी बीच मात्र सीमित छैन । दाजुभाइ नहुने दिदी बहिनीले दिदी बहिनीबीच भाइटीका लगाउन थालेको धेरै भइसक्यो । अझ दिदी बहिनी नहुने दाजुभाइले पनि एक आपसमा टीका लगाएको छ तपाईँ हामीले देखेकै छौं । अझ जनावरसँग पनि भाइटीका लगाउने पनि उत्तिकै छन् ।

जनावरसँग बढ्दै गएको मानव प्रेमसँगै अहिले सामाजिक सञ्जालमा कुकुर, बिरालोलाई टीका लगाइदिएको भिडिओ देख्न सकिन्छ । मानिसलाई जस्तै सप्तरङ्गी टीका मालाले यी जनावर सजिएका छन् ।

आफ्नो परिवारको सदस्य जत्तिकै माया ममता दिएर पालिएका जनावरहरूसँग चाडबाड मनाएर मानिसले खुसी साटासाट गरेका छन् । घरमा पालिएका कुकुर, बिरालो र बाँदरसँग लगाएको भाइ टीकाको कतिपयले फेसबुक र टिकटकमा राखेका छन् ।

कुकुरसँग भाइटीका लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme