तनहुँ – कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।
शाहका विरुद्ध गएको फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध त्यही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।
शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गएको भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना सजाय सुनाएको थियो । साथै पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार रुपैयाँ जरिबाना अदालतले तोकेको छ ।
तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ। पल शाह भने चाडै बाहिर आउनेमा आशावादी र कन्फिडेन्ट देखिएका थिए भने उनकी बहिनीको अनुहार मलिन देखिन्थ्यो । पल शाह आफु छिट्टै निस्किएर घर बनाउने योजनामा छन् ।