काठमाडौं – धुमधाम सँग विहे भएका र आ दर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।
नेपाली लोकसंगीत क्षेत्रको लो कप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।
आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । यो जोडी बि हिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । प्राविधिक कारणल बिहिवार उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् ।
दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् । अदालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डिर्भोस हुने पक्का पक्की नै छ।
उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारि रहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् । यसैगरी उनिहरुको डिभोर्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डिभोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुने गरेका छ्न ।
आधिकारिक रुपमा उनिहरुको डिभोर्स भएको खबर नबाहिरिएतापनी दुबैजना अदालतमा गएपछी शंकाका लागि अनेक बाटाहरु खुला भएका छन । केही समय अगाडिमात्र हाशिखुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।
उनिहरुको डिभोर्सको मुद्दा चर्किदैँ जाँदा हिजोमात्र दुबैजना एकसाथ मिडियामा आएका थिए । यसलाई संयोग भनौं कि बियोग जेरीको जन्मदिन पनि यहिँ दुखद घडीमा परेको छ । जेरीको जन्म दिन मनाउन शंकर पनि उपस्थित भएका थिए । अहिलेसम्म कागजी रुपमा भने उनिहरुको डिभोर्स भैसकेको छैन । श्रीमानश्रीमतीबिचको बैचारिक द्वन्द्वका सँगै बस्न नसक्ने भन्दै डिभोर्सतर्फ उन्मुख भएका उनिहरु अलग भएपछि एकजना जसले भएपनि देश छोड्ने कुरा खुलाए ।
यसैगरी अझैसम्म पनि उनिहरुको डिभोर्सको मुद्दा बिचाराधिन रहेको जेरीले बताएकीछिन । यता शंकरले दर्शकहरुले जेरीकै कारण आफू लोकदोहोरीमा सफल भएको भन्दै टिप्पणी गरेको खेद प्रकट गरेका छन । जेरीले छोरी भने आफुसँगै रहने कुरा बताईन । यो बिषय सामाजिक संजालमा तात्तीएसँगै यस बिषयलाई लिएर अनेक टिकाटिप्पणी हुने क्रम जारी नै छ ।
यसै बिषयमा बोल्दै आज चर्चित टिकटकर हेन्सी ब्रो रिदम क्षेत्री मिडियामा आएकाछन । नेपाली फ्यानहरु सबैले उनिहरुको डिभोर्स भएको हेर्न नचाहने र आफूपनि त्यही आशा राख्ने उनले बताए । नेपालमा कलाकारहरुको बढ्दो डि भोर्सको बिषयमा उनले आफ्नो चिन्ता पनि ब्यक्त गरेक छन ।
बाँकी हेर्नुस तलको भिडियोमा: