कलाकार भुवन केसी र अभिनेत्री जिया केसीको सम्बन्ध अब गोप्य रहेन। लामो समयदेखि लिभिङ टुगेदरमा रहेका यी जोडी विवाहकै तयारीमा रहेको भुवनले नै खुलाइसके। अहिले यो जोडी अमेरिकामा छन्।
एक अवार्ड कार्यक्रममा सहभागी हुन भुवनसँगै जिया पनि अमेरिका पुगिन्। जहाँ-जहाँ भुवन पुग्छन् जिया पनि त्यही पुगिरहेकी छिन्। भुवनले आफ्नो सामाजिक सञ्जालबाट जियासँगका तस्बिर या भिडियो सेयर गरेका छैनन्।
तर जिया केसीले मौका छाडेकी छैनन्। उनी जहाँ भुवनसँग हुन्छिन् भिडियो बनाएर पोस्ट गरिहाल्छिन्। जियाको टिकटक हेर्ने हो भने भुवनसँग अमेरिका भ्रमणमा गरेका मस्तिका भिडियोले भरिएका छन्