काठमाडौं । दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको जोडी डिर्भोसको संघारमा छन् । यो जोडी केही दिनमा नै छोडपत्रको निर्णयमा पुग्न लागेको उनीहरुले स्विकार्दै आएका छन् । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने शंकर स्वयमले विभिन्न युट्युब अन्तरवार्तामा दिएको प्रतिक्रियालाई आधार मान्दा बुझ्न सकिन्छ ।
जेरी र शंकरको सम्बन्ध पाँच वर्षको प्रेमपछि विबाह ।
र विबाहको ३ वर्षपछि डिर्भोसको संघारमा रहेका उनीहरुकी एउटी २ वर्षकी छोरी पनि छिन् । खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर हुन् । जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावनाका बिच यो जोडी डिर्भोसका लागि यो जोडी कार्यालय खुल्ने दिनको प्रतिक्षामा छन् ।
शंकर र जेरीलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो । तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अदालत खुल्नेछ । जेरीले श्रीमानको सम्पर्कमा छैनन् । श्रीमानसँग मात्र होइन, दुई(तीन दिनदेखि उनी कसैसँग पनि सम्पर्कमा छैनन् । आइतबार जुनकिरी दोहोरी क्लवमा श्रीमानसँगै जन्मदिन मनाएपछि उनी ‘सम्पर्कविहीन’ बनेको बताइन्छ ।
हाल जेरी एउटा महत्वपूर्ण स्टेज कार्यक्रमसमेत रद्द गरैरु पूर्०ा रुपमा सम्पर्कविहिन भएको बताइन्छ । जेरीले आफ्ना पति शंकरको मन फर्किन्छ कि भन्ने प्रतीक्षामा नै छिन् । श्रीमानसँग सम्बन्धविच्छेद गर्दा उनको कुनै पनि सम्पत्तिमा दाबी समेत नगरेकी जेरी डिभोर्स भएको दिन जेरीले सबै कुरा मिडियामा ल्याउने तयारी भने रहेको बताइन्छ ।
स्रोतका अनुसार शंकर भने जेरीलाई डिर्भोस दिएर अर्की युवतीसँग विबाह गर्न चाहेको बताइन्छ । शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । ति युवती पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने धेरैको अनुमान रहेको छ । यद्यपी शंकरले यस विषयमा आधिकारिक रुपमा भने केही प्रतिक्रिया दिएका छैनन् ।