Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कोरियाले १ लाख १० हजार कामदार लैजाने,कसरि जाने ?

Posted on October 29, 2022

काठमाडौं :

दक्षिण कोरिया — दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख १० हजार कामदार कोरिया ल्याउने भएको छ ।शुक्रबार बसेको

प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो । कोरियामा भएको मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष अघिल्ला वर्षहरुभन्दा झन्डै दोब्बर कामदारलाई ल्याउन लागेको हो ।

नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकिस्तान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ ।कोरियाली सरकारले हरेक वर्ष मजदुर नीति निर्धारण समितिमार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजदुर र उद्योगीहरूको प्रतिनिधिहरु सहभागी हुन्छन् ।

सन् २०२३ का लागि तोकिएको १ लाख १० हजार कामदारमध्ये नयाा कामदार ८९ हजार ९ सय ७० जना तोकिएको छ भने बााकी २० हजार ३० जना कोरियामा एक कार्यअवधि काम गरेका कामदार हुनेछन् ।

एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा ‘कमिटेड’ कामदारको रुपमा डाक्न सक्ने नियम रहेको छ । कोरियाली भाषा परीक्षा पास गरेर पहिलो पटक कोरिया आउने नयाा कामदारका रूपमा रहने छन् ।

कामदारमध्ये उत्पादन क्षेत्रमा ७५ हजार जना कामदार आउनेछन् भने कृषि क्षेत्रमा १४ हजार जना कोरिया आउन पाउनेछन् । माछापालनमा ७ हजार, निर्माण क्षेत्रमा ३ हजार,

सेवामातर्फ १ हजार कामदार आउन पाउनेछन् । बर्सेनि सात–आठ हजार नेपाली कामदार उत्पादन क्षेत्र र कृषि क्षेत्रमा काम गर्न कोरिया आउने गरेका छन् ।सन् २०२२ मा ६६ हजार

कामदार कोरिया आउन पाउने कोटा निर्धारण गरिएको थियो भने त्यसभन्दा अघिल्लो वर्ष ५६ हजार कामदार आउन पाउने कोटा निर्धारण गरेको भएपनि कोरोना महामारीका

कारण धेरै जसो कामदार कोरिया आउनपाएका थिएनन् ।कोरोना महामारीपछि भने ईपीएसमार्फत कोरिया आउने विदेशी कामदारको संख्या उल्लेखनीय रूपमा बढेको छ ।

नेपाली कामदार पनि अहिलेसम्म १० हजारभन्दा बढी कोरिया आइसकेका छन् । अझै नेपाललगायतका १६ देशका ३६ हजार ५ सय ४ जना कोरिया आउने प्रतीक्षामा छन् ।

Post Views: 24

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme