काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी प्रतिडलर खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम भएको छ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४५ पैसा र बिक्री दर ८४ रुपैयाँ ८३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा कायम भएको छ।