Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

डा.तोसिमा कार्कीको उम्मेदवारी खाजेर हुनुको कारण यस्तो रहेछ

Posted on October 30, 2022

मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्देवारी दिएको डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नु भएकी डा. कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ।

कार्कीले सरकारी लाभ लिएको पुष्टि भएकाले उम्देवारी खारेज भएको निर्वाचन आयोगका उपसचिव गुरु वाग्लेले जानकारी दिनुभयो।

डा.कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुनुन्छ ।

उपसचिव वाग्नेका अनुसार डा.कार्कीले काउन्सिलको सदस्यका रुपमा गरेको विभिन्न अनुगमनमा भत्ता लिएको देखिएको छ । उहाँले बुझाउनुभएको सम्पत्ति विवरणमा समेत गत भदौ महिनादेखि यता देखि अहिलेसम्म १ लाख २६ हजार भत्ता लिएको देखिएकोले वाग्लेले बताउनुभयो। सदस्य पदबाट लाभ लिएको पुष्टि भएपछि उम्मेदवारी खारेज गरिएको उहाँको भनाइ छ ।

सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
डा. कार्कीले सरकारी पारीश्रमिक खाइरहेको पाटन अस्पतालको जागिरबाट राजीनामा दिएर उम्मेदवारी दिनुभएको थियो । काउन्सिलको सदस्य पद स्वयसेवक रहेको र त्यसमा सरकारी तलब नपाउने भएकाले त्यसलाई लाभ लिएको मान्न नहुने डा.कार्कीको भनाइ छ।

उजुरी दिने समय सकिसकेपछि पनि आफ्नो पक्षमा चुनावी माहोल बन्दै गएपछि षडयन्त्र गरेर आफ्नाविरुद्ध उजुरी दिएको डा.कार्कीको दावी छ।

निर्वाचन आयोगले यसअघि पनि रुपन्देही क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका डा. कमल भुसाल (निकोलस)ले सार्वजनिक लाभ लिएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो ।

Post Views: 31

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme