Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

७ महिनादेखि बेहोस् २३ वर्षीया युवतीले कसरी जन्माइन् छोरी ?

Posted on October 30, 2022

२३ वर्षीया शाफियाले बिहेपछि केहीदिन मात्रै पतिको साथमा बिताउन पाइन । करिब ७ महिनापहिले सडक दुर्घटनामा परेपछि उनलाई दिल्लीस्थित एम्स(All India Institute Of Medical Sciences) अस्पतालमा राखिएको छ ।

त्यसयता उनी बेहोसी अस्वस्थामै छिन् । तर शाफिया यसबीचमा छोरीकी आमा बनेकी छिन् । उनी आँखा खोल्छिन् तर बोल्न सक्दिनन् । आफ्नो २२ वर्षीय करियरमा यस्तो घटना पहिलो रहेको उनलाई सुत्केरी गराउने डाक्टर बतउँछन् ।

यो एउटा चमत्कार नभएर डाक्टहरूको कडा मेहनतको परिणाम भएको पत्नीको यो पीडामा साथ दिइरहेका शाफियाका पति हैदरको निष्कर्ष छ ।

दुर्घटनाछि अस्पताल ल्याउँदा डाक्टरहरुले शाफियालाई बचाउने सम्भावना १०–१५ प्रतिशत मात्रै रहेको सुनाएका थिए। अहिले उनी जीवित मात्रै नभएर छोरीकी आमा समेत बनेकी छिन्।

सायद उनलाई थाहा छैन आफू आमा बनिसकेँ भनेर । २० अक्टुबरमा शाफियाले स्वस्थ छोरीलाई जन्म दिएकी थिइन्।

चिकित्सकका अनुसार उनी सडक दुर्घटनामा पर्दा जम्मा ४० दिनकी गर्भवती थिइन् । उपचारपछि पनि उनी पूर्णरुपमा होसमा आउन सकिनन् ।

बिहेको डेढ महिनापछि दुर्घटना

उत्तर प्रदेशको बुलन्द शहर बस्ने शाफियाको बिहे भएको करिब डेढ महिना भएको थियो । गत ३१ मार्चका दिन उनी पति हैदरले चलाएको मोटरसाइकलमा बसेर यात्रा गरिरहेकी थिइन् । उनको सारीको फेर अचानक मोटरसाइकलको चक्कामा अड्कियो। शाफिया मोटरसाइकलबाट खस्न पुगिन् ।

उनले हेलमेट लगाएकी थिइनन् । टाउकोमा गहिरो चोट लाग्यो । हैदरले पत्नी शाफियालाई तत्काल नजिकैको अस्पताल लिएर गए । त्यो अस्पतालले एम्समा रेफर गरिदियो । ३१ मार्चको राति बेहोसी अवस्थामै शाफियालाई एम्स अस्पताल लगिएको थियो ।

उनलाई भर्ना गरेर तत्काल अप्रेसन गरियो । उपचारकै क्रममा परीक्षण गर्दा पत्ता लाग्यो उनी ४० दिनकी गर्भवती रहिछिन् ।
उनको गर्भलाई कायम राख्ने की नराख्ने भनेर चिकित्सकले शाफियाको परिवारसँग सल्लाह गरे । उनका पति हैदरले बच्चा रहन दिने निर्णय गरे ।
१२–१४ सातापछि अल्ट्रासाउण्ड गरेर हेर्दा बच्चा स्वस्थ रहेको र शारीरिक विकास राम्रो भएको पाइयो ।

ट्याक्सी चलाउने पेशा गरिरहेका हैदर पत्नी दुर्घटनामा परेपछि काम छाड्न बाध्य भए ।

एम्स अस्पतालको ट्रमा वार्डमा सुतिरहेकी शाफियाको नाकबाट भित्र नली छिराइएको छ । यही नलीको सहायताबाट उनको पेटमा दुध पठाउने गरिएको छ । यसकै सहारामा उनी ७ महिनादेखि जीवित रहन सकेकी छिन् । शरीर निकै दुब्लो भएको छ । उनका खुल्ला आँखाले एकोहोरो सिलिङमा झुण्डिएको पंखा हेरिरहेका थिए।

पत्नीलाई साथ

बिहे भएको डेढ महिनामै दुर्घटना भयो । बेहोस् रहेकी पत्नी बाच्ने सम्भावना कम रहेको डाक्टरहरुले बताइरहेका थिए । केही व्यक्तिले उनलाई अर्काे बिहे गर भनेर पनि सुझाव दिए । तर हैदरले कसैको कुरा नसुनेर ७ महिनादेखि निरन्तर पत्नीको रेखदेखमा डटिरहेका छन् ।
‘यदि म दुर्घटनामा परेको भए शाफियाले पनि यसैगरी मेरो रेखदेख गर्थिन् । मैले पनि त्यही गरिरहेको छु’ हैदर भन्छन् । हैदरले आफ्नो मोबाइलको वालपेपरमा भर्खरै जन्मिएकी छोरीको फोटो राखेका छन् ।

दुर्लभ घटना
शाफियाको उपचारमा संलग्न न्यूरोसर्जन डा.दीपक गुप्ता आफ्नो २२ वर्षको करियरमै नदेखेको घटना भएको सुनाउँछन् ।
‘एकातर्फ बेहोस् आमा र अर्कोतर्फ पेटमा बच्चा । के यो बच्चालाई स्वस्थ राखेर जन्मदिन सकिएला ? भन्ने प्रश्न हाम्रोसामु खडा थियो’ डा.गुप्ता भन्छन् ।

जन्मपछि पनि बच्चाले आमाको दूध साथै आमाको माया नपाउने कुरा अर्काे चुनौती थियो। आमा नै बाच्छिन् कि बाच्दिनन् भन्ने डर छँदै थियो। पत्नीसँगै गर्भको शिशुलाई पनि बचाउने हैदरको चाहना चिकित्सकका लागि ठूलो चुनौती बन्यो ।
तर उनीहरु यसमा सफल भइछाडे ।

मोटरसाइकलमा यात्रा गर्दा हेलमेट नलगाएका कारण शाफियाको अवस्था जटिल भएको डा.गुप्ता बताउँछन् । हेलमेट लगाएको भए टाउको गम्भीर चोट लाग्ने सम्भावना कम हुन्थ्यो ।

भास्कर डटकमबाट

Post Views: 33

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme