Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यी अभिनेत्री लाई लग्यो यस्तो गम्भीर रोग

Posted on October 30, 2022

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभु लामो समयदेखि मायोसाइटिससँग लडिरहेका छन् ।

मायोसाइटिस रोग एक किसिमको मांसपेशीहरूमा लाग्ने रोग हो । यसले मांसपेशीलाई दुखाइ सुन्नाउने गर्दछ । यसले शरीर पोल्ने र अत्याधिक दुखाउने गर्दछ ।

अहिले यस्तै रोगको शिकार बन्न पुगेकी छिन् अभिनेत्री सामन्था । उनले आफैंले सामाजिक सञ्जाल पोस्टमार्फत यो रोग लागेको खुलासा गरेकी हुन् । पोष्टमा अभिनेत्री अस्पतालमा बसिरहेकी छिन् भने उनको हातमा ग्लुकोज स्ट्रिप देखिएको छ । तस्वीरसँगै सामन्थाले आफ्नो संघर्षको बारेमा खुलेर कुरा गरेकी छिन् र आफू छिट्टै निको हुने बताएकी छिन् ।

तस्वीर सेयर गर्दै सामन्थाले लेखेकी छिन्, ‘यशोदाको ट्रेलरमा तपाई सबैले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ । तपाईहरू सबैबाट सधै यस्तै माया र माया चाहन्छु । यसले मलाई कामप्रति प्रेरणा दिन्छ । यही कारणले गर्दा म जीवनमा आउने चुनौतीसँग लड्न सक्षम छु ।’

सामन्थाले थप लेखेकी छिन्, ‘केही महिनाअघि मलाई मायोसाइटिस रोग लागेको थियो । म धेरै पहिले देखि यो सबै तपाईं सँग यो कुरा भन्न चाहन्थे, तर यो बताउन मलाई केही समय लाग्यो ।’

सामन्थाको यो पोस्टमा धेरै सेलिब्रेटी, फ्यान र नजिकका व्यक्तिहरूले उनलाई प्रोत्साहन गरेका छन् । सबैले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आफूलाई धेरै महिनादेखि अटो इम्युन कन्डिसन, मायोसाइटिस रोग लागेको र उपचार भइरहेको उनले बताइन् ।

सामन्था यस वर्ष उनको फिल्म ‘यशोदा’ रिलिजको लागि तयार छिन्, जुन उनको करियरको पहिलो पान इन्डिया फिल्म हो । यसबाहेक उनी आगामी वर्ष ऐतिहासिक फिल्म ‘शकुन्तलम’ र फिल्म ‘एरेन्जमेन्ट अफ लभ विथ’ विजय देवरकोंडासँग देखिनेछिन् ।

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme