झल्किन्छ, त्यो हृदयस्पर्शी छ, जव ती पानीका छालहरु विस्तारै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्साह थपिन्छ ।”
कुनै पनि कलाकार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आतुर हुन्छन् । पोखरालाई पहिलोचोटी स्पर्श गर्नुभएका इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो । “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले थप्नुभयो, “कला प्रकृतिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रैदेखि सन्तुष्टि प्राप्त भयो ।”
कलाकारहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ ती चिजहरु एकै स्थानबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल । उक्त अबसर धेरै ठाउँमा पाइदैन । विविधतायुक्त प्रकृतिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उहाँहरुको भनाइ थियो । यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाकारहरुले बताए ।
यसपालीको आर्ट क्याम्पमा उत्कृष्ट १० मा पर्नुभएका चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताउनुभयो । “एक त सुन्दर ताल त्यसमाथि उभिएको माछापुच्छ«ेसहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उहाँले भन्नुभयो । घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परिवेश बोकेको ठाउँ हो ।
भक्तपुरका कलाकार सुस्मा श्रेष्ठ र उहाँकी छोरी श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी हुनुहुन्थ्यो । दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाउनुभयो । सुस्मालाई त्यो नजिकका हरियालीभित्रको मसिना कण बनाउन खुब ऊर्जा मिल्यो ।
प्रकाशको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन सक्नुपर्छ । त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुन्न । यहाँको हरियाली वातावरण, तरेली परिरहने एकनासको छाल, सिरिर..र बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पारिदिन्छ ।
साँच्चैभन्दा फेवा किनारले मानिसको तनाव कम गरेर खुसी दिलाइदिन्छ । त्यही विषयलाई क्यान्भासमा उतार्दा आउने आनन्द छुट्टै हुने कलाकर श्रेष्ठले सुनाउनुभयो । नजिकै देखिने सराङकोटलाई क्यान्भासमा उतार्नुभएकी हाडाले भन्नुभयो, “फेवाको किनारबाट ‘प्योर’ प्रकृतिभन्दा अरु केही देखिएन ।” अर्का कलाकार बाबु साहिलाका अनूभूति पनि त्यस्तै थियो । उहाँले सोमबार त्यही प्राकृतिक खुराकलाई आर्ट पेपरमा सङ्गालेको बतउनुभयो ।
यहाँको प्राकृतिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै सिर्जनाका लागि विभिन्न जिल्लाका कलाकारलाई पटकपटक यहाँ तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामाङले बताउनुभयो ।