Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

हामी खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु- सुस्मिता बोम्जन

Posted on October 30, 2022

काठमाडौं । तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए ।

आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ ।

उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेको कुरा उल्लेख गरेका थिए । त्यसयता आफूहरुबीच कुराकानी नभएको समेत उनले बताएका थिए ।

तर भुवनको उक्त अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताको प्रतिक्रिया सतहमा आएको छ । सुस्मिताले अनलाइनखबरलाई भुवनको ती अभिव्यक्तिबारे प्रतिक्रिया पठाएकी छन् ।

‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेकी छु । मविरुद्धका आरोपहरु पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौं । अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनुभएको छ ?’

समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिंडेको समेत सुस्मिताले उल्लेख गरेकी छन् ।

Post Views: 27

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme