एजेन्सीभाग्यको असली खेल हेर्न चाहनुहुन्छ भने चिठ्ठाको दुनियाँ नियाल्नुपर्छ । यहाँ मानिसको भाग्य जुनसुकै बेला बदलिन सक्छ । भाग्यमा हुनेहरु रातारात धनी बन्छन् । चिठ्ठाको संसार धेरै अनौठो छ ।
नेपालमा सबै प्रकारको चिठ्ठा प्रतिबन्ध छ । भारतका पनि धेरै राज्यहरूमा चिट्ठा प्रतिबन्धित छ । तर, अमेरिका, बेलायतजस्ता विकसित मुलुकमा भने ठूलो संख्याका मानिसहरू आफ्नो भाग्य चम्काउने प्रयास गर्छन् ।
अमेरिकाको एक परिवारका तीन जनाले चिठ्ठामा ६५–६५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्ने एक परिवारका तीन सदस्यले चिठ्ठाको टिकट किन्न एउटै नम्बर प्रयोग गरेका थिए । र भाग्यको खेल हेर्नुहोस्, यी तीनले ५० हजार डलर (करिब ६५ लाख रुपैयाँ) पुरस्कार पाए ।
अधिकारीहरूका अनुसार एकै परिवारका तीन जनाले अक्टोबर १३ मा पिक छ ड्रको लागि ५–३–८–३–४ अंक भएको चिठ्ठा छनोट गरेका थिए । उक्त चिठ्ठा नम्बर विजेता भएको थियो ।