Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आफ्नै साथीको १२ लाख लिएर तीन नेपाली फरार, हेर्नुस् को हुन् उनी..?

Posted on October 30, 2022

मलेसिया– आफ्नै कम्पनीमा काम गर्ने नेपाली र बंगाली साथीको रकम लिएर तीन जना नेपाली फरार भएका छन् ।करिव १२ लाख नेपाली रुपैंया ठगी गरि मोरङका देवनारायण राजबहर र कमलकुमार अमात्य तथा नवलपरासीका उत्तम कुमार बहार फरार भएका हुन् । मलेसियाको जोहोर राज्यको गलाङ्पाता स्थिती लोकल वेसिक एसडिएन विएच डिमा कार्यरत सात सयजना नेपालीहरूबाट उनीहरुले रकम संकलन गरेका त्यहाँ कार्यरत शिव ढकालले जानकारी दिए ।

राम्रो ब्याज पाउने आशामा नेपाली तथा वंगाली श्रमीकले उनीहरुलाई पैसा सापटी दिएका थिए भने उनीहरुले वंैक कार्ड धरौटी राखी स्थानियसँग पैसा व्याजमा लिएका थिए । उत्तमकुमारले ७ लाख ५० हजार नेपाली रुपैंया र देव नारायणले ४ लाख ५० हजार भन्दा बढी नेपाली रुपैंया ठगी गरी फरार भएको बताइएको छ ।

यतिखेर सामाजिक सञ्जालमा उनीहरुको तस्वीरसहित खोजीकार्यकालागि पहलभइरहेको छ । उनीहरुलाई फेलापार्नेका लागि नेपाली रुपैयाँ १० हजार १ सय १ पुरस्कार दिइने पीडितले घोषणा गरेका छन् ।

श्रमिकहरुको श्रम र पसिनाबाट आर्जेको रकमका साथमा उनीहरुले मोबाइलहरु पनि लुटेको ढकालले जानकारी दिए । नेपालीले नेपालीलाइनै लुटने क्रम पछिल्लो समयमा मलेसियामा बढेकोछ ।

Post Views: 48

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme