Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नवलपुर दुर्घटना : एकै गाउँका चार जनाको मृत्यु, शोकमा गाउँ

Posted on October 30, 2022

पाल्पा -मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आइतबार बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट आइतबार बिहानै मनकामना पुग्ने गरी गएराति करिब ११ बजे ना ६ ख ७५८० नम्बरको बस गुडेको थियो ।

सो बस करिब बिहान ३ बजे मथारमा एक्कासी दुर्घटना हुँदा पाँच यात्रुको घटनास्थलमा नै मृत्यु भयो । मृतक पाँचमध्ये एकै गाउँका चार परेका छन् भने एकै परिवारका तीन जना छन् । मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच यात्रुको निधनले गाउँ नै शोकमा डुबेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । “साठीबजार, नौगाउँ, फाँट, बिसौना गाउँका करिब ६५ स्थानीय दुई वटा बसमा मनकामना दर्शन गर्न हुँगीबाट बसमा चढेर निस्केको खबर पाएको छु, पाँचको मृत्युको खबरले दुःखी बनायो”, उनले भने, “मृतकको शव परीक्षणका लागि रामपुर अस्पतालमा ल्याइएको छ, घाइतेको शिघ्र उपचारका लागि जनशक्ति परिचालन गरिएको छ ।”

दुर्घटनामा रम्भा १ बिसौनाका अन्दाजी ६५ वर्षीय धनकुमारी विक, उनका माहिला छोरा ४१ वर्षीय ताराबहादुर विक र नाति (साठीबजार बस्ने छोरीतर्फको) १६ वर्षीय विनय विक, च्याङलिङ बस्ने ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ्ग नगरपालिका–९ बस्ने ४५ वर्षीय फूलमाया माझी रहेका छन् । धनकुमारी, ताराबहादुर र विनय एकै परिवारका हुन् । दुर्घटनामा मृतक ताराबहादुरका श्रीमती ३६ वर्षीय माया विक र १५ वर्षकी छोरी रिमा विक घाइते छन् । उनीहरुको हाल नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक ताराबहादुर गाउँघरमा घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्थे । एक असल इमान्दार मेहनती ताराबहादुरको परिवारमा ठूलो बज्रपात परेको छिमेकी तथा स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताए । प्रहरी चौकी बुलिङटारले दिएको जानकारीअनुसार साढे तीन बजे प्रहरी उद्धारका लागि घटनास्थलमा पुगेको थियो । लगत्तै उद्धार कार्य सुरु गरी घाइतेलाई अस्पताल पठाइयो । बिहान ९ बजेसम्म उद्धार कार्य चलिरह्यो । कालीगण्डकी करिडोर सडकखण्डदेखि करिब एक सय मिटर तल बस खसेको छ । बस अनियन्त्रित भएर दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी चौकी बुलिङटार (नवलपरासी सुस्ता पूर्व नवलपुर) का प्रहरी सहायक निरीक्षक विक्रम कुमालले बताए । “कालीगण्डकी करिडोरको पक्की सडकमा दुर्घटना भएको छ, झट्ट हेर्दा यति ठूलो दुर्घटना होला जस्तो देखिदैन, रातको समय भएकाले बस अनियन्त्रित भएर दुर्घटना भयो होला भन्ने हाम्रो अनुमान छ, घटनाबारे अनुसन्धान भइरहेको छ”, उनले भने ।

चालक, सहचालक र २८ घाइते यात्रुको अहिले नारायणी सामुदायिक अस्पताल र भरतपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस चालक, सहचालक सहित ३५ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा बस चालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने २९ वर्षीय दिलकुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाड बस्ने २४ वर्षीय साजन श्रेष्ठ, बसमा सवार पाल्पा रम्भा गाउँपालिका–१ बस्ने चार वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविण सुनार, २० वर्षीय रामबहादुर विक, २१ वर्षीय रीता विक, २५ वर्षीय काशिराम विक, २० वर्षीय विशाल विक, एक वर्षीय आइसा विक, १६ वर्षका अविनाश विक, सात वर्षीय पुष्पा विक, ४७ वर्षीय मेघनाथ विक, १५ वर्षीय रिमा विक रहेका छन् ।

त्यस्तै ३२ वर्षीय सन्जु सुनार, ३८ वर्षीय प्रेमबहादुर सुनार, २० वर्षीय आशिष सुनार, २० वर्षकै विजय विक, ३६ वर्षका माया विक, १२ वर्षकी अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीय सेती विक, ४८ वर्षकी शिवकुमारी विक, पाल्पा झडेवा बस्ने ३२ वर्षीय सुमित्रा विक, स्याङ्जाको गल्याङ्ग नगरपालिका–९ बेलचौर बस्ने २५ वर्षीय दिलमाया राना, सोही ठाउँकै तीन वर्षीय रविन राना, स्याङ्जा गल्याङ ८ बस्ने ३५ वर्षीय मनोजकुमार विक, सोही ठाउँकै ३० वर्षीय सरिता माझी, ३० वर्षकै उमाकुमारी विक र ३१ वर्षका रामु राना घाइते रहेको प्रहरी चौकी बुलिङटारले जानकारी दिएको छ । दुर्घटनाबारे छानबिन गर्न प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान थालिएको छ ।

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme