Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भारतमा गुडिरहेको विद्युतीय स्कुटरमा आगलागी, डेलिभरी ब्वाईले हाम फालेर ज्यान बचाए

Posted on October 30, 2022

काठमाडौं ।

विगत केही समयदेखि छिमेकी भारतमा ई–स्कुटर आगलागीका घटनाहरु निरन्तर सार्वजनिक भइरहेका छन् । भर्खरै यस्तै एउटा घटना सार्वजनिक भएको छ, जसमा चालकले आफ्नो ई–स्कुटरमा आगो लागेपछि गाडीबाटै हाम फाल्दा गम्भीर घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

भारतको अनलाइन रिटेल सपिङ प्लेटफर्म बिग बास्केटका डेलिभरी ब्वाईले इ-स्कुटरमा अचानक आगो लागेपछि आफ्नो सवारी बीचमै छोड्नुपरेको थियो। घटना नोएडाको सेक्टर ७८ नजिकै सिभिटेक स्टेडियमको अगाडि भएको हो। यस्तो अवस्थामा फायर मार्शल घटनास्थल पुग्दा स्कुटर पूर्णरुपमा जलिसकेको थियो।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। हालसम्म, ईभी राइडरले कुन निर्माता र मोडेलको स्कूटर चलाएको थियो भन्ने थाहा छैन।

केही साताअघि मात्र सडक यातायात तथा राजमार्ग मन्त्रालयले पछिल्ला दिनमा धेरै दुईपाङ्ग्रे सवारीसाधनमा भएको आगलागीको छानबिन गरी विद्युतीय सवारी साधन निर्मातालाई जरिवाना गरेको थियो।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme