Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कतार एयरवेजमा १० हजार नेपाली कामदारको माग,कसरि जाने ?

Posted on October 31, 2022

काठमाडौं :

कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ ।कतारले फिफा विश्वकपको तयारी भइरहँदा भुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो ।

कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ हजार माथि पुग्ने आफ्नो नाम नखुलाउने शर्तमा कतार एयरवेजका प्रवक्ताले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।

कोभिड मत्थर भएको अनि विश्वकपको तयारी तीव्र दरमा अगाडि बढिरहेको समयमा कतार एयरवेज वृद्धिको पथमा रहेको र यसले कम्पनीको हरेक क्षेत्रमा कर्मचारीको भर्ती

गरिरहेको यही हप्ता रोयटर्सलाई पठाइएको एक विज्ञप्तिमा कम्पनीले भनेको थियो । नयाँ भर्ना गरिने कर्मचारीमध्ये कतिको जागिर स्थायी हुने भन्नेबारे कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

कोरोना भाइरसको महामारी उत्कर्षमा रहँदा यात्रा गन्तव्य ३३ कटौती भएर ३३ ओटा शहरमा सीमित भएपछि कम्पनीले कर्मचारीको संख्या घटाएर ३७ हजारभन्दा मुनि ल्याएको थियो । तर, हवाई सेवा सञ्चालन पुनः सामान्य रूपमा फर्किन थालेपछि भने कम्पनीले विस्तारै कर्मचारी भर्ना बढाएको थियो ।

कर्मचारी भर्ती कार्यक्रमहरू फिलिपिन्स, भारत र अन्य देशहरूमा हुने बताइएको छ । नोभेम्बर २० मा कतारमा विश्वकप शुरु भएपछि नयाँ कर्मचारीमध्ये कतिलाई राखिने भन्ने पनि स्पष्ट भइसकेको छैन । विश्वकपको समयमा कतार एयरवेजले माग धान्नका लागि अन्यत्रको उडान रद्द वा कम गरेर दोहोर आइपुग्ने अतिरिक्त उडानको संख्या बढाएको छ ।

प्रतियोगिता हेर्न आउने दर्शकहरूबाट हुने तीव्र मागको व्यवस्थापन ठूलो चुनौती हुने यही वर्षको शुरुमा कतार एयरवेजका सीईओ अकबर अल बकेरले बताएका थिए ।

एक महिनासम्म प्रतियोगितामा कतारमा करीब १२ लाख आगन्तुक आउने अनुमान गरिएको छ । प्रतियोगिताले कतारको पूर्वाधार, आतिथ्य र सुरक्षा क्षेत्र सबैलाई दबाबमा राख्ने अनुमान गरिएको छ । एजेन्सी

Post Views: 88

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme