काठमाडौँ । आज साताको चौँथो दिन अर्थात (बुधबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ३ सय र तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो भाउ सोमबारको भन्दा ५०० रुपैयाँले थोरै हो । आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।