Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप लामिछानेको बयान : आरोप लगाउने किशोरीले भनेकी थिइन्– लेट्स गो नगरकोट

Posted on October 31, 2022

बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भए अनुसार सन्दीपले बयानका क्रममा आफूलाई बारम्बार ती किशोरीले भेट्न प्रस्ताव गरेको र आफूले भेट्न समय नभएको जवाफ दिने गरेको बताएका छन् ।

आफू करिब दुई महिनापछि खेल सकेर फर्किने र त्यसपछि भेटौंला भनेर आफूले उनलाई जवाफ दिएको पनि उनले उल्लेख गरेका छन् । ‘निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकाले मलाई तपाईबाट केही हेल्प चाहिएको हुँदा तपाईलाई भेटी केही व्यक्तिगत कुराहरु शेयर गर्न मन छ भनेकोमा मैले के भयो, हाउ क्यान आइ हेल्प यु ? भनेर म्यासेज गर्दा म भेटेरमात्र कुराहरु भन्न सक्छु भनेको’ सन्दीपको जिकिर छ ।

यति हुँदा आफूले ‘मलाई अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला नि’ भनेको पनि सन्दीले बयानमा उल्लेख गरेका छन् । गत भदौ ५ गते साँझ करिब ४ देखि सवा ४ बजेको बीचमा निज पीडित भनिएकी किशोरीलाई आफूले फोन गरेको र कुराकानीकै बीचमा निजले फेरि भेट्न पटकपटक प्रस्ताव गरेको उनको भनाइ छ ।

आफूले केही मिटिङ पनि रहेको र आज भेट्न सम्भव नरहेको बताउँदा निजले ‘काम भ्याएर आउनु, म होस्टेलमै पर्खिएर बस्छु’ भन्ने जवाफ दिएको सन्दीपले बयानमा उल्लेख गरेका छन् । सोही दिन आफ्नो मिटिङ सकेर बेलुका ७ बजेतिर निज किशोरीलाई फोन गरी होस्टेलको लोकेसन मागेको तर उनले होस्टेलतिर नआउनु, होस्टेल नजिकैको रेस्टुरेन्टमा कुरेर बस्न आग्रह गरेको सन्दीपको भनाइ छ ।

निजले भनेकै रेस्टुरेन्टको अगाडि आफू कुरेर बसेको र करिब २÷३ मिनेटमै उनी भेट्न आइपुगेको जिकिर गर्दै सन्दीपले बयानमा ‘उनी त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई हेलो÷हाइ गरी ह्वाट्स योर प्लान भनेर सोधेकोमा निजले मलाई लेट्स गो नगरकोट भनेको’ उल्लेख गरेका छन् ।

आफूले नगरकोट जान सम्भव नभएको बरु दरबारमार्गतिर गएर कफी खाउँ भन्दा निजले ‘मैले बिहानैदेखि नगरकोट जाने मुड बनाएको छु, लेट्स गो नगरकोट’ भनेको सन्दीपको भनाइ छ ।

सन्दीले बयानमा भनेका छन्, ‘मैले फेरि पनि आज सम्भव छैन, भोलि म गेम खेल्न केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होइन, मैले होस्टेलमा साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोटर गएर आउनुपर्छ भनी कर गरेको ग¥यै गरेपछि मैले खाजा खाएर फितर्क आउने शर्तमा निजको चित्त नदुखोस् भनि निजको कुरामा सहमत भई हामी दुवै जना नगरकोट गएका थियौं ।’

Post Views: 26

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme