लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई बढ्न दिँदैन ।
यदि फास्ट फूड खाने लत नै बसिसकेको छ र त्यसलाई त्याग्न खोज्दै हुनुहुन्छ भने आजैदेखि केरा खान सुरु गर्नुहोस् । यसमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्छ र तौल कम गर्न सहयोग गर्छ । एक कप मनतातो पानीमा पुदिनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । अनि यसको प्रयोग गर्नुहोस्, यसको प्रयोगले पेटको बोसो कम गर्न निकै प्रभावकारी भूमिका हुन्छ ।
यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचिनीको प्रयोग गर्दा तौल घटाउन समय थोरै लाग्छ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचिनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुईपटक पिउँदा केही दिनमै असर देखिनेछ ।
यदि नियमित रूपमा तपाईं स्याउ खानुहुन्छ भने आफ्नो बढिरहेको बोसोलाई घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन अनि तौल कम गर्न मद्दत गर्छ । तोफु, पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा ओमेगा थ्री तत्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्छ ।
यो पनि,कागतीका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त खानै हुदैन जानीराखौं,कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ । कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ । अरु के-के बेफाइदा गर्छ त कागतीले ?
१. पेट खराब हुने : यदि तपाई दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ । २. दाँत झन्झनाउने : माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।
३. डिहाइड्रेसन : कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ । ४. माइग्रेन र टाउको दुख्ने : कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
५ मिर्गाैला र पित्ताशयको थैलीको समस्या : कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ । ६. छाला डढ्ने : हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ