Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेरो पहिलो घरबार बिग्रिएको थियो, मलाई अब कसैले छुन सक्छ जस्तो लाग्दैनँ – प्रियंका कार्की

Posted on December 30, 2022

काठमाडौ :- नायिका “प्रियंका कार्की” ले अब आफू लाई कसैले पनि छुन नसक्ने बताएकी छिन् । फिल्म ‘चि मुसी चि’को प्रचारका क्रममा मेरो फिल्म सँग कुरा गर्दै नायिका “कार्की” ले भनिन–‘सबैलाई थाहा छ मेरो पहिलो घरबार बिग्रिएको थियो ।

त्यसपछि मेरो फेरि नयाँ घर बस्छ कि बस्दैन भन्ने चिन्ता मेरो परिवारलाई थियो । सबैले काम गर्ने त हो, अरू के नै होला र भन्ने सोचेका थिए । त्यो बेलामा म आफै पनि फ्री दिमागले काम गर्न सकेकी थिइन् ।

तर, अहिले त सबै कुरा राम्रो भएको छ । माया गर्ने श्रीमान्, प्यारी छोरी छिन् । अब, त म रोकिनेवाला नै छैन । मलाई अब कसैले छुन सक्छ जस्तो नै लाग्दैन ।’

नायिका कार्कीले आफू कहिले पनि नहराएको दाबी गर्छिन् । भन्छिन्–‘बिहे लगतै कोरोना आएकाले पनि हराएको जस्तो लागेको हुनुपर्छ । तर, त्यो समयलाई मैले सदुपयोग गरेँ भन्ने लाग्छ ।

त्यो बेलामा धेरै कामहरू रोकिएकाले पनि हराएको जस्तो देखिएको हो । तर, अब त म फेरि व्यस्त हुन थालेकी छु । मसँग काम नै काम छ । फिल्मको अफर पनि आइरहेको छ । रियालिटी शोदेखि विभिन्न कार्यक्रममा व्यस्त छु ।’

प्रियंकाले आफू फिल्ममा काम गर्नकै लागि जन्मिएको दाबी गरिन् । उनले अगाडि भनिन्–‘मलाई खासै अरू काम गर्न आउँदैन । मैले जानेको पनि फिल्मी दुनियाँ हो ।

यसैले, म अब रोकिने वाला नै छैन । म आफूलाई फिल्ममा काम गर्न नै जन्मिएको हुँ कि जस्तो लाग्छ ।

Post Views: 133

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme