Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कोरियाको सिजनल वर्किङ भिसा खुल्दै, मिति नै तोकियो

Posted on December 30, 2022

कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ । कोरियाका स्थानीय तहले माग गर्ने नेपाली मौसमी कामदारको छनोट यहाँका स्थानीय तहले गर्ने र त्यसको अनुमति विभागले दिने गरी तयारी भएको हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरियाको ‘सिजनल वर्किङ भिसा’ का लागि दुई सरकारका स्थानीय तहबीच सम्झौता भएको जनाउँदै संघीय सरकारको वैधानिक अनुमति मिलाएर पठाउने तयारी भइरहेको बताए ।

“कोरियाको सिजनल भिसामा श्रमिक पठाउन नेपालका स्थानीय तहले धेरै युवा छनोट गरेको पाइएको छ,” महानिर्देशक आचार्यले भने, “नेपालको संविधानमा दुई देशबीचको सम्झौता संघीय सरकारले गर्ने उल्लेख रहेको छ । यही कानुनी अड्चनलाई फुकाउन संघीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भइरहेको हो ।”

कोरिया जाने मौसमी कामदारको माग र छनोट दुवै देशका स्थानीय तहको समझदारीमा गरिनेछ । यस्तो कानुनी जटिलता मिलाउन युवाको छनोट स्थानीय पालिकाले गर्ने र छनोट भएका युवाको नामावली वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा छनोट भएका कामदारलाई सूचीकृत गर्ने योजना बनाएको छ । फेमिसमा जोडिएपछि विभागले कोरिया जाने सिजनल भिसाको अन्तिम श्रमस्वीकृति दिने गरी तयारी गरिरहेको छ । स्थानीय तहले मौसमी कामदारको छनोट प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने महानिर्देशक आचार्यको भनाइ छ ।

यसअघि कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएकोे श्रमिक अभावलाई कम गर्न नेपालबाट ४ हजार मौसमी कामदार लैजाने जनाएको थियो ।

कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान तयारी गर्दै आएको छ ।

कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता कामदार लैजाने भएको जनाएको छ । कारोबार दैनिकबाट ।

Post Views: 92

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme