Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कम्बोडियाको होटेलमा आगलागी भएपछि १२ तलाबाट हामफालेर एक नेपालीको मृत्यु

Posted on December 30, 2022

काठमाडौं । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राति आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डेको मृत्यु भएको हो ।

सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन् ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीको सहयोगमा एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खडकाले दिएको जानकारी अनुसार होटेलमा आगलागी हुँदा निराकर त्यही फेसेका थिए ।

घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएन खड्कासँग अनुरोधसमेत गरेका थिए । उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानीसमेत गरेका थिए ।

होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए । होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए ।

उनले बोलेको भिडियो कुराकानीमा ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन् , ‘सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ यु । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु। आर्मन इज द वेस्ट है सानु ।’

उनले भने, ‘अब सुन है, मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’

‘कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु । माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले । उहाँहरूले धेरै गर्नुभएको छ, माइजूहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठुलो मान्छे बन्नू । ज्ञानी हुनू ।’ उनले भनेका छन् ।

उनले आफ्नो छोरोलाई परिवारजनका अन्य सदस्य र आफन्तलाई माया र इज्जत गर्न भनेका छन्। उनले कसैलाई फ्रड नगर्नु, ज्ञानी बन्नु भनेर छोरालाई दिएको त्यो उपदेश नै अन्तिम कल भएको पारिवारिक स्रोतले जनाएको छ ।

Post Views: 86

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme