Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दया र मिरुनाको जोडी यसरी मिल्न पुग्यो, समर्थकमा छायो खुसियाली !

Posted on December 30, 2022

फिल्म ‘२ नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ । मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ ।

यो फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । मिरुना र दयाले यसअघि यो बर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छनोट चाडै नै हुने निर्देशक लामाले बताए । यो फिल्ममा दयासँगै अर्का एक जना नायकको पनि मुख्य भूमिका रहने बताउँदै दीपेन्द्रले केही दिनमा नै सार्वजनिक गर्ने बताएका छन् ।

यो फिल्मलाई राजनीतिक कथामा प्रस्तुत गर्ने तयारी दीपेन्द्रको छ । फिल्मको छायांकन चैत्र महिनाबाट सुरु हुनेछ । निर्देशक लामाले भने–‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यङ्ग्य गर्ने तयारी गरेका छौं । फिल्ममा दर्शकले हाँस्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन् ।’ फिल्मको कथा लेखन अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै पहाडी गाउँमा फिल्मको छायांकन हुने बताए ।

लामाको यो पाँचौ निर्देशकिय फिल्म हुनेछ । उनले, ‘घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

Post Views: 70

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme