Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जापानमा काम गर्न जान चाहनेहरूका लागि आयो अर्को खुसीको खबर !

Posted on December 31, 2022

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन्। बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत् जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको छ।

यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्नेगरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डण्ल कार्यसमिति बनेको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहेका छन्। त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ।

Post Views: 85

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme