काठमाडौं- मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ । यस विषयमा मानिसहरु पक्षा र विपक्षमा देखिन थालेका छन् । दीपकराज गिरी सारोज खनाल अशोक शर्मा भुवन पक्षतिर छन् भने करिश्मा चर्चित गायक राजेश पायल राइ लगायतका केही पक्ष प्रेम गीत पक्षमा छन् ।
राई इज किङ’ राजेशपायल राई ले ‘प्रेमगीत ३’ विवादमा पहिलो पटकमुख खोलेका छन् । उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै ेनिर्माता संघका अध्यक्ष नबल खड्कालाई चुनौती दिएका हुन् । उनले लेखेका छन् ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु ।
कोही छ मलाई राष्ट्रघाती भन्ने रु’ हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले प्रेमगीत ३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएका थिए ।
खड्काले राष्ट्रघाती बताएसँगै राजेसको यस्तो भनाइ आएको हो । ‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर पनि अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने बताए पछि यो विषय थप गमाएको हो ।
ब’लात्कार मु’द्दामा जाहेरी दर्ता भएपछि बेपत्ता भएका सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले थाल्यो यस्तो जुक्ति राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल०लाई पत्राचार गरेको छ ।
आइतबार सन्दीपविरुद्ध नोटिस जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । सदस्य राष्ट्रका प्रहरी सङ्गठनहरूको आग्रहमा इन्टरपोलले रेड, एल्लो जस्ता नोटिस जारी गर्दै आएको छ ।राजधानि दैनिकमा खबर छ ।
क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैकामा रहेका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता छन् । भदौ २३ मा उनलाई नेपाल क्रिकेट सङ्घ ९क्यान० ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट सङ्घले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए ।
तर, कानुनी लडाईं लड्न नेपाल फर्किनुको साटो उनी विदेशमै हराएका हुन् ।सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । उनले नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका(८ सुडालस्थित बोजिनी रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार लामिछानेसँग ५ देशको भिसा रहेको थाहा भएको छ । उनीसँग इंग्ल्याण्ड, अमेरिका, अष्ट्रेलिया र मलेसियासहित ५ मुलुकको भिसा रहेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।
भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक(पटक ब’लात्कार गरेको १७ वर्षीया नाबालिगको आ’रोप छ ।
घटना’दयगत प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।