Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पिएसजी छाड्ने मुडमा एम्बाप्पे !

Posted on December 31, 2022

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका रिपोर्टहरुलाई मान्ने हो भने फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे नयाँ गन्तव्यको खोजिमा जित्ने भएका छन्। विश्वकप सकिने बितिकै एम्बाप्पेले नयाँ क्लब खोज्ने निर्णयमा पुगेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

स्पेनिस समाचार आउटलेट स्पोर्टका अनुसार एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरिसकेका छन् र उनी छिट्टै नै आफ्नो निर्णय क्लबको बोर्डलाई जानकारी गराउने पक्षमा रहेका छन्।

क्लबले गरेका धेरै जस्तो वाचा पूरा नगरेपछि एम्बाप्पे क्लबमा नबस्ने निर्णयमा पुगेको स्पोर्टले जनाएको छ। साथै एम्बाप्पेले पिएसजी भन्दा नयाँ क्लबमा गएर व्यावसायिक जीवनमा नयाँ गति दिने सोच बनाएको स्पोर्टको समाचारमा उल्लेख गरिएको छ।

गत मे महिनामा एमबाप्पे फ्रेन्च क्लबसँगको आफ्नो सम्झौताको म्याद सकिएसँगै रियल मड्रिडमा आबद्ध हुने अवस्थामा थिए। तर विभिन्न कारणहरुले गर्दा एम्बाप्पेले पिएसजीमै निर्णय गरेका थिए। त्यसबेला फेन्च राष्ट्रपतिले समेत एम्बाप्पेलाई पिएसजीमै रहन दबाव दिएको चर्चा गरिन्छ।

पिएसजीले विश्वकै उच्च पारिश्रमिक दिएर एम्बाप्पेलाई क्लबमा रहन राजी गराएको थियो। साथै त्यसबेला क्लबले एम्बाप्पेलाई विभिन्न वाचाहरु पनि गरेको थियो। जसलाई पिएसजीले पछि आएर पूरा गर्न सकेन।

खबरका अनुसार एम्बाप्पे क्लब छाड्ने निर्णयमा पुगिसकेका छन् र क्लब परिवर्तनका लागि उनी आफ्नो पारिश्रमिक कटौती गर्न पनि तयार छन्। एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजी पुगेका थिए। त्यसबेला पिएसजीले उनका लागि १ सय ८० मिलियन युरो खर्च गरेको थियो।

Post Views: 77

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme