Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अश्लील भिडियोमार्फत पैसा उठाउने गिरोहका नाइके काठमाडौंमा पक्राउ

Posted on December 31, 2022

काठमाडौं । नेपाल प्रहरीले टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी–प्रेमिकाको बहानामा अनलाईन अश्लील क्रियाकलाप गर्ने गर्दै आएका थिए ।

उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्विरहरू गोप्य रूपमा अभिलेखीकरण गर्ने र त्यसपछि सामाजिक सञ्जाल टेलीग्राममा निर्माण गरिएका विभिन्न च्याटग्रुपहरूमा आर्थिक लाभका लागि सोही अश्लील भिडियो तथा तस्वीरहरू प्रसारण गरी महिला तथा नावालिकाहरूको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच, बर्दियाको बढैयाताल गाउँपालिका–७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित बाँके कोहलपुर नगरपालिका–२ बर्दवा बस्ने ३९ वर्षीय द्वारिकाप्रसाद थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ४८१० नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उप–महानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४ सय १० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ फूलवारी बस्ने २५ वर्षीय प्रताप ओखेडा र २५ वर्षीय मनोज बिक रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले से.५ प ९३७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी टापुको खाल्डोबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५० किलो बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा २७ वटा बोरामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

Post Views: 24

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme