Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अब मलेसियामा पनि सहजै कम्पनी परिवर्तन गर्न पाइने (सुचना र प्रक्रिया सहित)

Posted on December 31, 2022

अब मलेसियामा पनि सहजै कम्पनी परिवर्तन गर्न पाइने (सुचना र प्रक्रिया सहित)

काठमाडौं : मलेसियामा रोजगारदाता परिवर्तन अव सहज हुने भएको छ ।

विदेशी श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिने गरी नयाँ कानुन लागु भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

स्थानीय संचार माध्यमका अनुसार अव देखि विदेशी श्रमिकले एउटा रोजगारदाताबाट अर्को रोजगारदातासँग काम गर्ने सहज रुपमा अनुमति प्राप्त गर्नेछन् ।

श्रम कानुनमा गरिएको परिवर्तनलाई मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले पारीत गरेको बताइएको छ ।

तर रोजगारदाता परिवर्तनका लागि सुरुमा रोजगारीका लागि निम्त्याउने रोजगारदाताको अनुमति हुनुपर्ने र केहि अन्य प्रावधान पुरा भएको हुनुपर्नेछ ।

समाचारमा भनिए अनुसार रोजगारदाता परिवर्तन गर्न सुरुमा रोजगारी प्रदान गर्ने रोजगारदातासँग एक बर्ष काम गरेको हुनुपर्ने प्रावधानलाई हटाइएको छ ।

यसैगरी रोजगार करार अवधि सकिएका विदेशी श्रमिकले रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने व्यवस्था पनि कानुन संशोधनमा समेटिएको छ ।

यसैगरी कानुनले तोकेका प्रकृयाहरु पुरा भएमा रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने सुविधा पनि विदेशी श्रमिकलाई दिइएको समाचारमा जनाइएको छ ।

Post Views: 45

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme