काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो हालसम्मकै उच्च मूल्यका साथ साउदी अरेबियन क्लव अल नासरमा आबद्ध भएका छन् ।
रोनाल्डो वार्षिक १७ करोड ७० लाख पाउन्ड पाउने गरी उक्त क्लबमा आबद्ध भएका हुन् । यो विश्व फुटबल इतिहासमै खेलाडीले पाएको उच्च रकम हो ।
करार बाँकी रहँदै म्यानचेस्टर युनाइटेडसँग असझदारी भएपछि क्लब छाडेका उनले अब साउदीको अल नासरमा सन् २०२५ सम्म करार रहनेछ ।
सम्झौतापछि रोनाल्डोेले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको प्रतिकृया दिएका छन् ।
रोनाल्डो अबद्ध भएको साउदीको उक्त क्लबले नौ पटक लिग जितेको छ । रोनाल्डोलाई आबद्ध गराएपछि अल नासरले पनि यो नयाँ इतिहासको सुरुवातको भएको उल्लेख गरेको छ ।
रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो । तर रोनाल्डो अन्त्यमा अल नासरसँग आबद्ध हुन पुगेका हुन् ।
म्यानचेस्टर युनाइटेड किन छुट्यो सम्झौत ?
रोनाल्डोले एक अन्तवार्तामा युनाइटेडबाट ’धोखा’ भएको महसुस गरेको बताएका थिए । त्यस्तै प्रबन्धक एरिक टेन ह्यागलाई सम्मान नगरेको र क्लबबाट जबरजस्ती बाहिर निकाल्न लागिएको बताएका थिए ।
सोही अभिव्यक्तिपछि रोनाल्डो र क्लबबीच असमझदारी बढ्दै गयो । जसको परिणाम सम्झौता अवधि ७ महिना हुँदा नै रोनाल्डोले क्लब छाड्नु परेको हो ।
रोनाल्डोले युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका थिए । रोनाल्डोले रियल म्याड्रिड गएको ११ वर्षपछि अगस्ट २०२१ मा ओल्ड ट्राफोर्डमा पुन फर्किएका थिए ।