Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दीपकराज गिरी र अनमोल केसीबीच घम्साघम्सी, अनमोल केसीलाई भुईमै पछारिदिए दिपकले !

Posted on December 31, 2022

फाल्गुण १९ गतेबाट रिलिज हुन लागेका २ नेपाली ठूला फिल्मको लफडा अहिलेबाट नै सुरु भएको छ । विशेषगरि, दीपकराज गिरीको टिमले फागुण १९ गतेलाई मिति तोकेर नयाँ पोष्टर सार्वजनिक भएपछि भित्री खेला समेत सुरु भएको बुझिएको छ ।

दीपकराज गिरीको टिमले ‘छक्का पन्जा ४’ चलाएवापत क्यूएफएक्सलाई कमिसन दिएको वुझिएको छ । दीपकराज गिरीको टिमले कमिसन दिएपछि क्यूएफएक्समा सोही मितिमा रिलिज हुन लागेको अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ पाखा लाग्ने अड्कल यसका वितरकको छ ।

श्रोतका अनुसार, कमिसनको खेला भएपछि ‘छड्के २’का वितरक सुनिल मानन्धरलाई यो फिल्म क्यूएफएक्समा रिलिज नगर्ने भन्दै फोन आएको वुझिएको छ । तर, यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै वितरक मानन्धरले भने–‘मलाई फोन भने आएको होइन । तर, छक्का पन्जा ४ ले कमिसन दिएको कुरा सत्य हो । मेरो भोली मिटिङ हुँदैछ । त्यसपछि के हुन्छ जानकारी गराउनेछु ।’

विशेषगरि, सुनिल मानन्धर आक्रोशित भएपछि नकिम उद्दिनले उनलाई भोली मिटिङका लागि बोलाएका हुन् । फागुण १९ मा रिलिज हुन लागेका यी दुई फिल्म बक्स अफिसमा चम्कने अपेक्षा गरिएको छ । तर, फिल्म रिलिज अगावै हलमा देखिएको कमिसनको खेलाले भने समस्या पार्ने देखिएको छ ।

यद्यपी यो मितिमा कुनै निर्माताले खुट्टा नकमाए बक्सअफिसमा पाँच फिल्मको भिडन्त हुने पक्का छ । तर फागुन १९ आउन अझै पूरा २ महिना बाँकी रहेकाले फागुन १९ गते कुन कुन फिल्मको भिडन्त हुनेछ भन्ने अहिले नै ग्यारेन्टी भने हुँदैन ।

प्रतिक्षित मानिएका २ फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ ठूलो लगानीमा बनेका फिल्म भएका कारण पनि यी दुईमध्ये कुनै एकले प्रर्दशन मिति सार्न सक्ने समेत संभावना रहन्छ । ‘छड्के २’ को हालै पोस्टर रिलिज गर्दै प्रचार प्रसार ब्यापक रुपमा सुरु गरिउको थियो ।

जसमा अभिनेता अनमोल केसी ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको घाँटीदेखि पाखुरासम्म ट्याटुहरु खोपिएका छन् । लामो कपाल र कालो चश्मामा बाइकमा चलाउँदै देखिएका उनको अगाडि९पछाडि ग्याङस्टर हुलियामा केही युवकहरु देखिन्छन् ।

फिल्मको पोस्टर आकर्षक छ भने अनमोलको लुक्स जबर्जस्त छ । फिल्ममा अनमोलका अलावा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता हुन् ।

Post Views: 91

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme