Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मृत्यु अघि निराकरले आफ्नी श्रीमती र छोरासंग खिचेका ती अन्तिम तस्वीरहरु ……(फोटोफिचर)

Posted on December 31, 2022

कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृ°त्यु भएको छ ।

उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ ।सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले आगलागीम फसेपछि भाग्ने कतै बाटो नभेटेपछि अन्तिम समयमा १२ तल्लाबाट हामफालेका हुन् । तर, उले हामफाल्नु अघि भाइवरमा एक भिडियो सन्देश छाडेका छन् ।

उक्त भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । उक्त भिडियोमा आफ्ना बाबु, श्रीमतीेलगायत आफ्ना आफन्तलाई सम्बोधन गरेका छन् ।त्यति मात्रै नभइ उनले आफू मृ°त्युको मुखमा पुगेको र मृ°त्युवरण गरेमा श°व नेपाल पठाइ दिन आग्रह गरेका छन् । भिडियो सन्देश छाड्ने निराकारका बाबु बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष रहेको बुझिएको छ ।

पाण्डेले छाडेको भिडियोमा यस्तो भनिएको छ….
‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधै सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है।

लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिलै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।

उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ। तिमीसँग बिताएका पलहरू सधै यादगार रहनेछन्।

सधै शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इन्जत गर्नू, ज्ञानी बस्नू।’

Post Views: 132

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme