Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

म बिबाह समेत नभएकोलाई पैसा किन चाहियो, देशको लागि काम गर्छु भनेर पदमा आएको हुँ

Posted on December 31, 2022

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् । शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन् । उनले पद पावरका लागि भन्दा पनि देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए ।

नेता श्रेष्ठ हालसम्म पनि अविवाहित छन् । उनले आफू ‘सिंगल’ नै रहेको भन्दै भएको पैतृक सम्पत्ति समेत बेचेर ऋण तिरेको सुनाए । उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको उनले बताए । ‘राष्ट्रिय सभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रिय सभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।’

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारहरूको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए । ‘तपाईहरुले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन, तपाईहरुको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो’ उनले भने, ‘ऐन, नियम विपरीत तपाईहरुले मलाई काम गर्न कुनै दबाब दिनुभएन र त, म अहिले यहाँ छु ।’ उनले आफूले आफ्नै नातेदारका लागि भए पनि नियम र कानुनको उलङ्घन भने नगर्ने बताए । तर नियम र कानुनको अधीनमा हुँदाहुँदै पनि कसैले होच्याउने वा कमजोर बनाउन खोजेको अवस्थामा भने आफू चुप नबस्ने बताए ।

Post Views: 108

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme