दाङ :दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत,
र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र बहादुर केसी रहेका छन् ।अरोपीलाई मंसिर १६ गते घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको कोविला रिसोर्टमा पि’ डीतसंग ठूलो रकम मोलमोलाई गरिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा डिएसपी राजन गौतमले जानकारी दिए ।
सो समुहले यस अघि ड’ रधम्की देखाएर करिब ४० लाख रुपैयाँ असुल गरिसकेको डिएसपी गौतमले जानकारी दिए । सो समूहले एक वर्षदेखि ती पुरुषलाई ट्यापमा पारेर करोड बढी रकमको माग गर्दै आएको थियो । पक्राउ परेका विरुद्ध अ’ पराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरीले बताएको छ ।
अनुुसन्धानको क्रममा अ’ पराधिक गिरोह अन्य व्यक्तिहरुसंग पनि जोडिएको पाइएको छ । पि’ डितको नाम भने प्रहरीले खुलाएको छैन । यस अघि नक्कली मायाको नाटक गरेर पुरुषलाई ट्यापमा पारेर मोटो रकम असुल गर्ने तीन वटा समूह पक्राउ परिसकेका छन् ।
यो पनि – बजारबाट घरायसी सामान ल्याउनुपर्ने थियो । श्रीमानसँग समय थिएन र श्रीमती पनि व्यस्त थिइन् । यस्तो अवस्थामा बजार जाने कुरालाई लिएर दुवैबीच झ’ गडा भएको थियो । पछि श्रीमती बजार जानु पर्यो । तर उनी करोडपति बनेर फर्किन् । श्रीमती ५० करोडभन्दा बढीको मालिक बनेकी थिइन् ।
डेली स्टारको रिपोर्ट अनुसार यी जोडी अमेरिकाको मिशिगनका बासिन्दा हुन् । श्रीमानसँग झ’ गडापछि ४९ वर्षीया महिला कुखुरा आदि किन्न बजार गएकी थिइन् । तर त्यहाँ उनको मूड बदलियो र उनले लटरी टिकट पनि किनिन्। घरमा आएर टिकट स्क्र्याच गर्दा उनी छक्क परिन् किनभने उनले लटरी जितेकी थिइन्।
त्यो पनि ४ मिलियन डलर (करिब ५३ करोड रूपैयाँ) । यति ठूलो रकम पाएपछि श्रीमान श्रीमती निकै खुसी भए । तर, उनीहरूले आफ्नो परिचय भने खुलाएका छैनन् ।मिशिगन भीआइपी मिलियन्स लटरी टिकट किन्ने महिलाले भनिन्- यो ‘थ्याङ्क्सगिभिङ’को अघिल्लो दिन थियो।
मेरो श्रीमान्ले समय नहुँदा म पसलमा गएर नन-भेज खाना किन्न सक्छु कि भनेर सोधे। तर म पनि व्यस्त थिएँ, त्यसैले अस्वीकार गरें। तर, केही बेर झ’ गडापछि म आफै बजार गएँ ।महिलाले थप भनिन्–बजारमा गएर सामानसँगै लटरीको टिकट पनि किने ।
त्यसपछि केही समयपछि घरमा आएर स्क्र्याच गर्दा मैले चिठ्ठा जितेको थाहा पाएँ । खुसीले पुरस्कारको रकम पनि चेक गरिन । लटरी एपमा सीधै टिकट स्क्यान गरें र लटरी साँच्चै सुरु भएको छ वा छैन भनेर पुष्टि गरें। पुष्टि भएपछि पुरस्कारको रकम थाहा पाएपछि म छक्क परें । यो रकम ४ मिलियन डलर थियो ।
त्यतिबेला आफू काँ’ पिरहेको महिलाले बताइन् । उसको सास फुल्न थाल्यो । परिवारका सदस्यले उनलाई हृदयघात भएको अनुमान गरेका थिए । तर यो उनको खुसी थियो। श्रीमान् सामान लिन नगएको राम्रो भयो, नत्र यति ठूलो रकम मुस्किलले पाइने महिलाले बताइन् ।